Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं – शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज तेस्रो चरणको खेल सकिँदै छ ।

तेस्रो चरण अन्तर्गत अन्तिम दुई वटा खेल आज सशस्त्र प्रहरी बलको मैदान हलचोकमा हुने छन् । बिहान ११ बजे हुने पहिलो खेलमा फ्रेण्ड्स क्लब र सरस्वती युथ क्लबबीच प्रतिस्पर्धा हुने छ । जारी लिगमा दुवै टिमले लगातार २ खेलमा पराजित भएकाले आज पहिलो जितको खोजीमा हुने छन् ।

यसैगरी त्यसै मैदानमा दिउँसो साढे २ बजे जावलाखेल युथ क्लब र हिमालयन शेर्पा आमने सामने हुने छन् । जावलाखेल पहिलो जितको खोजीमा हुँदा शेर्पा जितको यात्रालाई निरन्तरता दिँदै तालिकाको चौथो स्थानमा उक्लने प्रयासमा हुने छ ।

तेस्रो चरणको खेलसम्म मनाङ र संकटाले अपराजित यात्रा कायमै राख्दै समान ९ अंकसहित क्रमशः पहिलो र दोस्रो स्थानमा आफूलाई सुरक्षित गरेका छन् ।

तपाईको प्रतिक्रिया