Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं – शहीद स्मारक ए डिभिजन लिग फुटबलको तेस्रो चरणका खेलहरु आजबाट सुरु हुँदैछन् ।

आजको पहिलो खेलमा च्यासल युथ क्लब र न्यू रोड टिम (एनआरटी) भिड्नेछन् । दुबै टोली जारी लिगमा पहिलो जितको खोजीमा छन् ।

आजको दोस्रो खेलमा दावेदारहरु थ्रीस्टार क्लब र मनाङ मस्र्याङ्दी क्लब भिड्नेछन् ।

दोस्रो चरणको समाप्तिसम्म सत्प्रतिशत नतिजासहित थ्री स्टार र मनाङ क्रमशः पहिलो र दोस्रो स्थानमा छन् ।

एन्फा कम्प्लेक्स सातदोबाटोको मैदानमा दिउँसो साढे २ बजे हुने यो भिडन्तको नतिजाले उपाधि दावेदारीको बाटो बनाउन सजिलो हुनेछ ।

लिगमा दुई चरणको समाप्तिसम्म थ्रीस्टार र मनाङसंगै संकटा क्लवले पनि सत्प्रतिशत नतिजा ल्याएको छ । यी तिन टोलीको ६–६ अंक छ ।

आर्मी, सशस्त्र प्रहरी, नेपाल पुलिस र हिमालयन शेर्पा क्लवको समान चार अंक हुँदा मच्छिन्द्रको दुई तथा च्यासल र एनआरटीको एक एक अंक छ ।

फ्रेन्ड्स, सरस्वती, जावलाखेल र ब्रिगेड ब्वाइजले अंकको खाता खोल्न सकेका छैनन् ।

तपाईको प्रतिक्रिया