Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडाैं – युभेन्टसका पोर्चुगिच स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले विवाह गर्ने भएको छन् ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार अहिले इटालीयन क्लब युभेन्टसबाट व्यवसायीक रूपमा फुटबल खेल्दै आएका पोर्चुगलका रोनाल्डोले आफ्नो एक सन्तानकी आमा तथा फियोन्सी जर्जियाना रोड्रिग्वेजसँग विवाह गर्न लागेका हुन् । चार सन्तानसमेत भइसकेको उनीहरूको एक सन्तान जर्जियाना आफैले जन्माएकी हुन् भने दुई छोरा र एक छोरी रोनाल्डोले सरोगेसी मार्फत जन्माएका हुन् ।

३३ वर्षीय रोनाल्डो र २४ वर्षीय रोड्रिग्वेजले केही समयअघि इनगेजमेन्टसमेत गरेका थिए । बिवाहको तयारीमा लागेको यो जोडीले अहिले विवाह गर्ने स्थानको खोजीमा लागेका छन् । उनीहरुले इटालीकै टुरिनमा रहेको कुनै चर्चमा बिहे गर्ने तयारी गरेको समाचारमा जनाइएको छ ।

तपाईको प्रतिक्रिया