Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडाैं – दसैंपछि रोकिएको सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको दोस्रो चरणको खेल शनिबारबाट सुरु हुंदै छ । दोस्रो चरणको पहिलो खेलमा शनिबार साबिक विजेता मनाङ मर्स्याङ्दी क्लबले न्युरोड टिम एनआरटीसँग भिड्दै छ भने दिनको दोस्रो खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र च्यासल युथ क्लब भिड्दै छन् ।

दुवै खेल हल्चोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा हुनेछ । पहिलो चरणको खेलमा ब्रिगेड ब्वाइजलाई ३–१ गोलले पराजित गरेको मनाङ अंकतालिकाको शीर्ष स्थानमा छ । आर्मीसँग २–२ गोलको बराबरीमा रोकिएको एनआरटी भने एक अंकका साथमा अंकतालिकाको नवौं स्थानमा छ ।

शनिबार एकअर्काविरुद्ध मैदानमा उत्रँदा मनाङले आफ्नो जितको लयलाई कायम राख्ने प्रयास गर्नेछ भने एनआरटीले पहिलो जितको योजना बनाउनेछ । पहिलो चरणको खेलमा बराबरी खेल्दै एक÷एक अंक सुरक्षित गरेका आर्मी र च्यासल क्रमशः छैटौ र सातौं स्थानमा आसीन छन् ।

तपाईको प्रतिक्रिया