Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडाैं – नेपाली युवा स्पिन बलर सन्दीप लामिछानेलाई इन्डियन प्रिमियर लिग (आइपीएल) को आगामी सन् २०१९ को सिजनका लागि दिल्ली डेयर डेभिल्सले रिटेन गरेको छ । गत वर्ष अक्सनमार्तफ २० लाख भारतीय रूपैयाँमा सन्दिपलाई किनेपछि दिल्लीले सन्दीपलाई लगातार दोस्रो वर्ष पनि दिल्लीले टिममा राखेको हो ।

आइपीएल ११ को सुरूवाती खेलमा कप्तानी गरेका गौतम गम्भिरसहित ग्लेन म्याक्सवेलजस्ता खेलाडी दिल्लीबाट रिलिज हुँदा सन्दीपसहित ५ विदेशी खेलाडीलाई दिल्लीले टिममै राखेको हो ।

गत सिजन सन्दीपलाई दिल्लीले २० लाख भारूमा अनुबन्ध गरेको थियो । यस पटक कति रकममा अनुबन्ध गरेको भने खुलाइएको छैन । तर रिटेन गर्दा प्राय पहिलेकै मूल्य हुनेछ। तर, क्लबसँगको सहमतिमा नयाँ पारिश्रमिक पाउने सक्ने पनि बताईएको छ । सन्दिपको राम्रो प्रदर्शन र आइपिएलपछि अरू विभिन्न लिगमा उत्कृष्ट प्रदर्शन गरेकाले दिल्लीले उनीसहित १४ खेलाडीलाई रिटेन गरेको छ ।

सन्दीपसँगै रिटेन हुने विदेशी खेलाडीमा क्रिस मोरिस, खागिसो रबाडा, कोलिन मनरो, ट्रेन्ट बोल्ट छन्। यसबाहेक गत सिजनका पछिल्लो खेलहरुमा कप्तानी गरेका श्रेयास अयेर, रिसव पन्त, पृथ्वी शा, मन्जोत कर्ला, जयन्त यादव, हर्सल पटेल, राहुल तेवाटिया, अमित शर्मा, आभेष खान रिटेल भएका छन् । गम्भीर र म्याक्सवेलसँगै ज्यासन रोए, मोहम्मद शामी, डान क्रिस्टियन, शायन धोष, लियम प्लनकट, जुनियर डाला र नमन ओझा रिलिज भएका छन् ।

दिल्लीले आफ्नो बायाँ हाते स्पिनर साहबज नदिम (३.२ करोडमा किनेको), मध्यम गतिमा बलिङ गर्ने अलराउण्डर विजय शंकर (३.२ करोडमा किनेको) र भारतीय यु १९ का ब्याट्मेन अभिशेक शर्मा (५५ लाखमा किनेको) तीन जना सनराइज हैदारावादका शिखर धवनसँग साटेको छ । धवनसँग तीनजना साट्ने निर्णय एक डेढ महिनाअघिनै भए पनि आज आधिकारिक रूपमा घोषणा गरेको हो । गत सिजन दिल्लीको टोलीबाट सुरुवाती खेल खेल्न नपाएको सन्दीपले अन्तिम ३ खेल खेल्दै सबैको मन जितेका थिए ।

दिल्ली यो सिजन समूह चरणको खेलमा पुछारमा रहँदै लिग टुंग्याएको थियो। तर, सन्दीपले खेलेका तीन खेलमा उत्कृष्ट प्रदर्शन गर्दै ५ विकेट लिएका थिए । रोयल च्यालेन्जर्स बेंग्लोरविरुद्ध डेब्यु गरेका सन्दीपले ४ ओभरमा मात्र २५ रन खर्चेर १ विकेट लिएका थिए। त्यस्तै, चेन्नई सुपर किंग्सविरुद्धको खेलमा सन्दीपले ४ ओभरमा २१ रन खर्चेर १ विकेट लिएका थिए । अन्तिम खेलमा साविक विजेता मुम्बई इन्डियन्सविरुद्ध सन्दीपले ३ विकेट लिएका थिए । उनले ४ ओभरमा ३६ रन खर्चेर महत्वपूर्ण ३ विकेट लिएका थिए ।

आइपीएल खेलेपछि विश्वभर चर्चा कमाएका सन्दीपले यो एक वर्षको अवधिमा सिपीएल, ग्लोबल टी-२० क्यानडा र एपीएल खेलिसकेका छन् भने अष्ट्रेलियन बिग बास लिग र बंगलादेश प्रिमियर लिगका लागि छनोट भइसकेका छन् ।

तपाईको प्रतिक्रिया