Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडाैं – विश्वको सबैभन्दा चर्चित फुटबल लिग हो, इंग्ल्याण्डको प्रिमियर लिग फुटबल । यस लिगमा जे भएपनि त्यो चर्चाको विषय बन्छ । यही लिगमा पहिलो पटक महिला प्रमुख कार्यकारी नियुक्त भएका छन् । सुसना डिनाज प्रिमियर लिगको प्रमुख कार्यकारीमा नियुक्त भएका हुन् ।

उनी लिगको उक्त पदमा नियुक्त गरेन तेस्रो व्यक्ति पनि हुन्। उनले अब रिचार्ड स्कुडामोरको स्थान लिनेछन् । सुनानले मिडिया अर्गनाइजेसन डिक्कोभरीको एनिमल प्लानेट च्यानलको ग्लोबल प्रमुखको रुपमा कायम गरिसकेकी छिन् । सन् १९९९ मा प्रमुख कार्यकारी नियुक्त भएका ५९ वर्षीय रिचार्डले १९ वर्ष उक्त पदमा रहेर काम गरेपछि अर्को महिनाबाट पद छाड्दैछन् ।

‘म यो कामको लागि उत्साहित छु । प्रिमियर लिग धेरै मानिसको लागि धेरै कुरा हो ।’ अर्को वर्षको सुरुदेखि कार्भार सम्हाल्ने सुसानले भनेकी छिन् । ‘यसले व्यावसायिक खेलकुदको उच्चतम विन्दुलाई प्रतिनिधित्व गर्छ र त्यस्तो गतिशिल र प्रेरणादायी संस्थालाई लिड गर्न पाउनु फाइदा हो ।’ क्लब र टिमको समर्थनबाट लिगलाई अझै धेरै वर्ष सफल बनाउने योजनामा आफू रहेको उनले बताएकी छिन् । एमटिभी नेटवर्कबाट आफ्नो काम सुरु गरेकी सुसनाले च्यानल फाइभमा ९ वर्ष काम गरिन् । सन् २००९ मा डिस्कोभर इन्क जोइन गरेकी सुसानले २०१७ मा एनिमल प्लानेटको ग्लोबल प्रमुखको रुपमा काम सुरु गरेकी हुन् ।

विश्वकै चर्चित लिग प्रिमियर लिगगको प्रमुख कार्यकारी पदमा नियुक्त भएपछि सुसना विश्व खेलकुदकै शक्तिशाली महिला बन्ने समेत जनाइएको छ । प्रिमियर लिगको व्यावसायिकता, विश्वमा रहेको चर्चा र लिगको सांस्कृतिक प्रभावका कारण सुसान बेलायती खेलकुदको पनि सबैभन्दा शक्तिशाली महिला बन्ने बीबीसीले जनाएको छ । सुसना प्रिमियर लिगकै क्लब फुलह्यामको फ्यान हुन्। उनले आफ्नो ड्रिम जव जुलोजिस्ट बन्नु रहेको उल्लेख गरेकी छिन् ।

तपाईको प्रतिक्रिया