Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडाैं – सन् २०२० मा जापानमा हुने ‘टोकियो ओलम्पिक २०२०’ महिला फुटबल अन्तर्गत एएफसीको प्रारम्भिक छनोट प्रतियोगिता अन्तर्गत समूहको अन्तिम खेलमा नेपालले बंगलादेशसँग पनि बराबरी खेलेको छ । म्यानमारको यांगोनस्थित थुनुवा रंगशालामा भएको खेलको अन्तिम मिनेट रोक्न नसक्दा नेपालले बराबरीमा चित्त बुझाउनु परेको हो ।

यद्यपी तीनै खेलमा बराबरी खेलेको नेपाल उत्कृष्ट उपविजेता हुँदै दोस्रो चरणमा प्रवेश गरेको छ । पहिलो हाफमै अग्रता लिएको नेपालले दोस्रो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा गोल खाएको थियो । नेपालको लागि कप्तान निरू थापाले खेलको १७ औं मिनेटमा गोल गर्दै नेपाललाई सुरूवाती अग्रता दिलाएकी थिइन् ।  तर खेलको अन्तिम मिनेटमा बंगलादेशकी आखी खातुनले बराबरी गोल फर्काएकी हुन् ।

नेपालले सुरूवाती २ खेलमा २ बराबरी खेल्दै २ अंक जोडिसकेको थियो आजको बराबरीसँगै तीन अंक जोडेको छ । समूहमा भारत र म्यानमारको समान ४-४ अंक छ । यो सँगै आजको अन्तिम खेल अघि नै भारत र म्यानमार दोस्रो चरण प्रवेश गरेका छन् । सन् २०२० मा हुने टोकियो ओलम्पिक छनोटमा १८ देशको सहभागिता छ । सहभागी टिमलाई ४ समूहमा विभाजन गरिएको छ । भिएतानाम र उज्जेकिस्तान वरियताका आधारमा दोस्रो चरणका लागि छनोट भैसकेका छन् । हरेक समूहका शीर्ष दुई टोली र अन्य दुई उत्कृष्ट तेस्रो हुने टोली दोस्रो चरणमा प्रवेश गर्नेछन् । दोस्रो चरणका खेलहरु अप्रिलमा हुनेछ ।

दोस्रो चरण छनोटबाट तीन टोली तेस्रो चरणमा प्रवेश गर्नेछन् । तेस्रो चरणमा ८ टिमबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो चरणका तीन विजेतासँगै अष्ट्रेलिया, चीन, थाइल्याण्ड, दक्षिण कोरिया र उत्तर कोरियाले तेस्रो चरणमा प्रतिस्पर्धा गर्नेछन् । दुई समूहका उत्कृष्ट दुई टोलीले चौथो चरणमा स्थान बनाउनेछन् । चौथो चरण प्रवेश गर्न सफल चार टोलीलाई दुई समूहमा विभाजन गरी होम एण्ड अवेको आधारमा प्रतिस्पर्धा गराइनेछ । जसबाट विजयी हुने दुई टिम ओलम्पिकका लागि छानिनेछन् ।

तपाईको प्रतिक्रिया