Deneme Bonusu Veren Siteler
आइतबार, मंसिर ०२, २०८१
Sunday, November 17, 2024

काठमाडाैं – रियल बेटिसले बार्सिलोनालाई उसकै घरेलु मैदानमा हराएको छ । चोटका कारण तीन साता मैदानबाहिर बसेका कप्तान लिओनेल मेसी फर्किएको खेलमा बार्सिलोना रियल बेटिससँग ४-३ गोल अन्तरमा पराजित भएको हो ।

पाहुना टोली बेटिसको जितमा जुनियर फिर्पो, जोआकिनले बेटिस, जिओभानी लो सेल्सो, सर्जियो कानालेसले गोल गरेका थिए । बार्सिलोनाका लागि कप्तान मेसीले २ तथा भिडालले एक गोल गरेका थिए । विलियम कार्भाल्होको पासमा जुनियर फिर्पोले खेलको २० औं मिनेटमा गोल गर्दै घरेलु टोलीमाथि अग्रता दिलाएका थिए ।

खेलको ४३ औं मिनेटमा जोआकिनले गोल गर्दै बेटिसको अग्रता दोब्बर पारे । पहिलो हाफमा २-० ले पछाडि परेको बार्सिलोनाले दोस्रो हाफमा केही सुधारिएको खेल खेले पनि गोल गर्न सकेन । खेलको ६८ औं मिनेटमा लिओनेल मेसीले पेनाल्टीमा गोल गर्दै खेललाई २-१ को स्थितिमा ल्याए । तर, त्यसको तीन मिनेटपछि टेलोको पासमा जिओभानी लो सेल्सोले गोल गर्दै बेटिसलाई पुनः २ गोलको अग्रता कायमै राखे ।

वैकल्पिक खेलाडीका रुपमा मैदान छिरेका भिडालले ७९ औं मिनेटमा गोल गर्दै बार्साको पुनरागमन आशा जगाए।  तर, इभान राकीटिच ८ मिनेट समय बाँकी रहँदा दोहोरो पहेंलो कार्ड पाएर मैदान बाहिरिएपछि बार्सिलोना समस्यामा पर्‍यो । खेलको ८३ औं मिनेटमा सर्जियो कानालेसले गोल गर्दै बेटिसको अग्रता पुन ४-२ मा पुर्‍याए । इन्ज्युरी समयमा लिओनेल मेसीले व्यक्तिगत दोस्रो गोल गरे पनि पराजय टार्न सकेनन् ।

यो हारसँगै लिग तालिकाको शीर्ष स्थानमा रहेको बार्सिलोनाको अग्रता १ अंकमा झरेको छ । बार्सिलोनाको १२ खेलमा २४ अंक छ भने दोस्रो स्थानमा रहेको सेभिल्लाको समान खेलबाट २३ अंक छ । एटलेटिको म्याड्रिड र अलाभेसको २३ अंक छ ।

यस्तै एथ्लेटिको मड्रिड र आलाभेसको पनि समान खेलबाट २३ अंकसहित क्रमश तेस्रो र चौथो स्थानमा छ । १२ खेल खेलेको एस्पान्योल गएरातिको पराजियसँगै २१ अंक जोडेर अंक तालिकाको पाँचौ स्थानमा छ । यदि गएरातिको खेल जितेको भए उसले बार्सिलोनासँग अंक बराबरी गर्ने अवसर थियो ।

तपाईको प्रतिक्रिया