Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडाैं – ओलम्पिकअन्तर्गत एसिया छनोट फुटबलको पहिलो खेलमा नेपाली महिला टिमले आज भारतसँग प्रतिस्पर्धा गर्दैछ । म्यानमारको थुवुन्ना रंगशालामा नेपालले स्थानीय समयअनुसार ३ बजे हुने खेलमा भारतलाई हराउँदै सुखद सुरुवात गर्ने लक्ष्यमा नेपाल रहेको छ ।

साफमा नेपालको मुख्य प्रतिद्वन्द्वी भारतलाई पराजित गर्न नेपाललाई सजिलो भने हुने छैन । ओलम्पिकअन्तर्गत एसिया छनोटमा नेपालसँगै आयोजक म्यानमार, भारत र बंगलादेश रहेका छन् । आफ्नो दोस्रो खेल आयोजक म्यानमारसँग ११ तारिखमा र तेस्रो खेलमा नेपालले बंगलादेशसँग १३ तारिखमा खेल्नेछ ।

ओलम्पिक छनोटलाई मुख्य लक्ष्य बनाउँदै नेपालले चीनमा बैदेशिक भ्रमण गरेको थियो । चीनको स्थानीय क्लबसँग ३ खेल खेलेपछि नेपाल म्यानमार प्रस्थान गरेको हो । समूह ‘सी’ मा रहेको नेपाल उत्कृष्ट प्रदर्शन गर्दै उपविजेतासम्म भएर ओलम्पिक छनोटको दोस्रो चरणमा प्रवेश गर्ने लक्ष्यमा रहेको छ ।

तपाईको प्रतिक्रिया