Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडाैं – पोखरा प्रिमियर लिग (पीपीएल) टी-२० को ‘प्लेअफ अफ दि सिरिज’ सन्नी पटेल घोषित भएका छन् । उपविजेता चितवन राइनोजका सन्नी पटेलले बलिङ र ब्याटिङ दुवैमा उत्कृष्ट प्रदर्शन गरे ।

चितवनलाई फाइनलसम्म पुर्‍याउन अलराउण्ड प्रदर्शन गरेका पटेलले ब्याटिङमा १९४ रन र बलिङमा १० विकेट लिए । उनले एक थान सुजुकी मोटरबाइक हात पारे ।
यस्तै च्याम्पियन टिम पोखरा पल्टनका ललित नारायण राजवंशी ‘मोस्ट भ्यालुएबल प्लेअर’ घोषित भए । उनले नगद १ लाख १ हजार प्राप्त गरे। ललितले प्रतियोगितामा १० विकेट लिए । प्रतियोगिताको ‘बेस्ट ब्याट्सम्यान’ काठमाडौँ रोएल्सका गौरव तोमर र ‘बेस्ट बलर’ चितवन राइनोजका करण केसी घोषित भए । तोमरले ब्याटिमा दुई अर्धशतकसहित २१२ रन बनाएका थिए । उनी सर्वाधिक रन बनाउने सूचीमा दोस्रो स्थानमा रहे ।

यस्तै चितवनका करण केसीले सर्वाधिक १२ विकेट लिए । पोखराकै बलर रासिद खान एमर्जिङ प्लेअर अफ दि टुर्नामेन्ट घोषित भए । उनले नगद ५१ हजार हात पारे । प्रतियोगितामा ७ विकेट लिएका रासिद सर्वाधिक विकेट लिने सूचीमा नवौँ स्थानमा रहे ।

तपाईको प्रतिक्रिया