Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडाैं – घरेलु टोली पोखरा पल्टनले पहिलो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी-२० क्रिकेटको उपाधि जितेको छ । अाज भएको फाइनलमा पारस खड्काको कप्तानीमा रहेको चितवन राइनोजलाई ३ विकेटले पराजित गर्दै शरद भेषावकरको टोली पोखरा पल्टन च्याम्पियन बनेको हो ।

विदेशी खेलाडी रवी इन्दर सिंहको अर्धशतक मद्दतमा चितवनले दिएको १६१ रनको लक्ष्य पोखराले १९.२ ओभरमा ७ विकेट गुमाएर पुरा गर्दै सर्वाधिक धनराशीको क्रिकेट प्रतियोगिता जितेको हो । रवीले ५८ बल खेल्दै १३ चौका र ३ छक्काको मद्दतमा सर्वाधिक ९० रन बनाए । विनोद भण्डारीले अन्तिम ओभरको दोस्रो बलमा चौका प्रहार गर्दै पोखरालाई जित दिलाए ।

च्याम्पियन पोखरा पल्टनले पीपीएलको ट्रफी सहित नगद २७ लाख आफ्नो बनाएको छ । नेपाली घरेलु क्रिकेट इतिहासमा यो सर्वाधिक धनराशीको क्रिकेट प्रतियोगिता हो । यस्तै शरद भेषावकरले पहिलो पटक पारस खड्काको टोली विरुद्ध जित हात पारेको छ । यसअघि एभरेष्ट प्रिमियर लिग र धनगढी प्रिमियर लिगको फाइनलमा शरदको टोली पारसको टोलीसँग पराजित भएको थियो । पोखरा रंगशालमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले कप्तान पारस खड्काको अर्धशतक मद्दतमा ५ विकेट गुमाएर रन बनाएको थियो । पारसले ३७ बल खेल्दै ९ चौकाको मद्दतमा ५१ रन बनाए। पीपीएलमा उनको यो पहिलो अर्धशतक समेत हो ।

दोस्रो ओभरमै चितवनले ओपनर हरिशंकर शाह (८) लाई गुमाएको थियो । तर कप्तान पारस र अर्का ओपनर अनिल शाहले दोस्रो विकेटका लागि ७६ रनको साझेदारी गरे । अर्धशतक बनाएलगत्तै पारस रनआउट भए । तेस्रो विकेटका लागि अनिल शाहले सन्नी पटेलसँग ४० रनको साजेदारी गरे । अनिलले ३८ बल खेल्दै ३७ रन बनाए । आक्रमक ब्या६ङ गरेका सन्नी पटेलले ४३ रनको योगदान गरे । २१ बल खेलेका उनले ३ चौका र ४ छक्का प्रहार गरे। आरिफ शेख १४ रनमा नटआउट रहे । बलिङमा पोखराका कृष्ण कार्कीले दुई तथा ललित नारायण राजवंशी र मोहम्मद नाभिदले एक-एक विकेट लिए ।

यस प्रतियोगिताकै सबै भन्दा ठूलो लक्ष्य भेट्टाउदै जित हात पारेको पोखराको सुरुवात भने खराब थियो । पहिलो बलमा चौका हानेका ओपनर कुशल भर्तेल पहिलो ओभरको दोस्रो बलमै आउट भए । त्यसपछि क्रिजमा पुगेका रवी इन्द्र सिंहसँग अर्का ओपनर आसिफ शेखले दोस्रो विकेटका लागि ६१ रनको साझेदारी गरे । आसिफ १२ रन बनाएर आउट भए । चौथो नम्वरमै ब्याटिङ गर्न गएका मोहम्मद नाभिद र रवीले त्यसपछि आक्रमक ब्याटिङ गर्दै रन गती बढाए ।

यी दुईले तेस्रो विकेटका लागि ३३ रनको साझेदारी गरे । नाभिदले १४ बल खेल्दै १ चौका र ३ छक्काको मद्दतमा २५ रनको योगदान गरे । सबै खेलाडीसँग राम्रो साझेदारी गरेका रवीले कप्तान शरद भेषावकरसँग चौथो विकेटका लागि ५० रनको साझेदारी गरे। शरदले २३ बल खेल्दै २२ रन बनाए । बलिङमा भुवन कार्कीले २ तथा करण केसी, सन्नी पटेल, पारस खड्काले १-१ विकेट लिए ।

तपाईको प्रतिक्रिया