Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पीएसजी)ले टोटनह्यामको ५८ वर्ष पुरानो युरोपियन कीर्तिमानलाई तोडेको छ ।

पीएसजीले यो सिजनको लिग वानमा लीलीलाई हराएसँगै लगातार १२ औं खेलमा जित निकाल्ने नयाँ किर्तीमान बनाएको हो ।

unn.prixa.net

लिग वान अन्तर्गत पीएसजीले लीलीलाई दुई–एकले हराउँदै आफ्नो अग्रता फराकिलो पारेको छ । यसअघि टोनटह्यामले १९६०–६१ मा लगातार ११ खेलमा जित निकाल्दै कीर्तिमान राखेको थियो ।

युरोपियन शीर्ष ५ लिगमा लगातार जित निकाल्ने पीएसजी अब पहिलो क्लव बनेको छ । पीएसजीको जितमा नेइमार र केलियन एमबाप्पेले एक–एक गोल गरेका थिए ।

पहिलो हाफ गोलरहित बराबरी भएको खेलको ७० औं मिनेटमा एमबाप्पेले २५ यार्डबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । त्यसपछि ८४ औं मिनेटमा नेइमारले पीएसजीका लागि दोस्रो गोल गरे ।

खेलको इन्जुरी समयको तेस्रो मिनेटमा लीलीका लागि पेपेले एक गोल फर्काएपछि हार टार्न सकेनन् । यो जितसँगै पीएसजीले १२ खेलबाट स्पष्ट ३६ अंक बनाउदै लिगको दोस्रो स्थानमा रहेको लीली भन्दा ११ अंकको अग्रता बनाएको छ ।

तपाईको प्रतिक्रिया