Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडाैं – बुटवल ब्लास्टर्सलाई हराउँदै काठमाडौं रोयल्सले पोखरामा जारी पोखरा प्रिमियर लिग (पीपीएल) टी-२० क्रिकेट प्रतियोगिताको शीर्ष स्थानमा पुगेको छ । अाज पोखरा रंगशालामा भएको दोस्रो खेलमा बुटवललाई ३७ रनले हराउँदै काठमाडौं प्लेअफ नजिक पुगेको हो ।

काठमाडौंले दिएको १ सय ७३ रनको लक्ष्य पछ्याउने क्रममा बुटवल निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३५ रनमा समेटिएपछि काठमाडौंले प्रतियोगितामा चार खेलबाट तेस्रो जित निकालेको हो । बुटवलका लागि रोहन मुस्तफाले सर्वाधिक ६१ रन बनाए। ५१ बल खेलेका उनले ५ चौका र ४ छक्का प्रहार गरेर आउट भएका थिए । सिद्धान्त लोहनीले १३, भीम सार्की १२ र चिराग सुरीले ११ रन बनाउनुबाहेक अन्यले दोहोरो रनको स्कोर छुन नसक्दा बुटवलले लगातार तेस्रो पराजय बेहोर्नुपर्‍यो । काठमाडौंका लागि अमरसिंह राउटेलाले ३ तथा वसन्त रेग्मी र नन्दन यादवले २-२ विकेट लिएका थिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ७२ रन बनाएको थियो । काठमाडौंका लागि नरेश बुढाएरले बिस्फोटक ब्याटिङ गर्दै २८ बलमा ५८ रनको अविजित अर्धशतकीय इनिङ्स खेले। नरेशले ५ छक्का र ३ चौका प्रहार गरेका थिए । १३ बल खेलेका कप्तान ज्ञानेन्द्र मल्लले २ चौका र १ छक्कासहित २४ रनमा नटआउट रहे । ओपनर जयकिसन कोल्सावालाले ४५ रन बनाउँदा गौरव तमोरले ११ रन जोडे । बुटवलका लागि रोहन मुस्ताफा र मोहम्मद संसाद शेखले १-१ विकेट लिए ।

यो जितसँगै काठमाडौं अंक तालिकाको शीर्ष स्थानमा उक्लिँदै प्लेअफ सम्भावना बलियो बनाएको हो । अब लिगको अन्तिम खेलमा काठमाडौंले भोलि घरेलु टोली पोखरा पल्टनको सामना गर्नेछ । आज पराजित बुटवलको पनि प्लेअफ पुग्ने गणितीय सम्भावना अझै जिवितै छ । सुरूवाती दुई खेलमा उत्कृष्ट प्रदर्शन गरेको बुटवलको यो लगातार तेस्रो हार हो । हारसँगै प्लेअफ पुग्न बुटवलले अन्य खेलको नतिजामा भर पर्नु पर्नेछ ।

तपाईको प्रतिक्रिया