Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

पोखरा – पोखरा प्रिमियर लिग (पिपिएल) टी-२० क्रिकेट प्रतियोगिताअन्तर्गत पोखरा पल्टनले एक्स्पर्ट धनगढी ब्लुजलाई १ सय ४५  रनको लक्ष्य दिएको छ। पोखरा मैदानमा शुक्रबार टस जितेर पहिले ब्याटिङ गरेको पोखराले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४४ रन जोड्यो।

सुस्त सुरुवात गरेको पोखारले अन्तिम ५ ओभरमा ५९ रन जोडेको थियो। अन्तिम ओभरमा आक्रामक ब्याटिङ गरेका पोखराका रासिद खानले नटआउट १५ रन जोडे। उनले ८ बलमा १-१ चौका र छक्का हिर्काए। विक्रम भुषालले ३ बलमा नटआउट ८ रन जोडे।

पोखराका लागि रोहितकुमार पौडेलले सबैभन्दा बढी ३१ रन जोडे। उनले ड्यानियल लरेन्सको बलमा एलबिडब्लूको धरापमा पर्नुअघि २१ बलमा ४ चौका र १ छक्का हिर्काए। पोखराका ओपनर कुशल भुर्तेल ३ रनमै आउट भए।

अर्का ओपनर आसिफ शेखले २३ बलमा २३ रन नै जोडे। कमलसिंह ऐरीबाट रनआउट हुनुअघि उनले २ छक्का हिर्काए। रवि इन्दर सिंहले २८ रनको योगदान दिए। धनगढीका कमलसिंह ऐरीको बलमा विकेटपछाडि सुभेन्दु पाण्डेबाट समातिनुअघि उनले २६ बलमा समान २-२ चौका र छक्का प्रहार गरेका थिए।

पोखराका मध्यक्रमका ब्याट्सम्यान मेहबुब अलामलाई कमलसिंहले डकआउट गराएका थिए। कप्तान शरद भेषवाकरले पनि १४ रन भन्दा बढी जोड्न सकेनन्। शरदले ११ बलमा १-१ चौका र छक्का प्रहार गरे। विनोद भण्डारी पनि चल्न सकेनन्। भण्डारीलाई पनि कमलसिंह ऐरीले सन्दीप जोराबाट क्याच गराएका थिए।

यस्तै मोहमद नाविद ४ बलमा ११ रन जोडेर पेभिलियन फर्के। बलिङमा धनगढीका कमलसिंह ऐरीले ४ विकेट लिन सफल भए। कमलले ४ ‌‌ओभरमा १ मडेन फ्याँक्दा २३ रन खर्चिए। यस्तै पिटर ट्रेगो, ड्यानियल लरेन्स र रोबिन क्षेत्रीले १-१ विकेट हात पारे।

तपाईको प्रतिक्रिया