Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

पोखरा – पोखरामा जारी सर्वाधिक पुरस्कार राशीको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत (आज) शुक्रबार पहिलो खेलमा घरेलु टोली पोखरा पल्टन र एक्स्पर्ट धनगढीबीच प्रतिस्पर्धा हुँदैछ ।

शरद भेषवाकरको पोखरा र दिपेन्द्र सिंह ऐरीको धनगढीबीचको खेल बिहान ९ बजे सुरु हुनेछ । र, पोखरा रंगशालामा मैदान उत्रदा दुवै टोलीको लक्ष्य जित हुनेछ । यस्तोमा खेल रोमान्चक बन्ने अनुमान गरीएको छ ।

पोखराविरुद्ध मैदान उत्रदा धनगढी गर या मरको स्थितिमा हुनेछ । धनगढीको यो लिग चरणको अन्तिम खेल हो । त्यसैले प्ले अफमा स्थान बनाउन धनगढीलाई जित्नै पर्ने दबाब छ ।

४ खेलबाट ४ अंक जोडेको धनगढी पाँचौ स्थानमा छ ।  पोखरालाई हराएर धनगढी शीर्ष तीनमा रहदै प्ले अफ पुग्न चाहन्छ । पराजित भएमा प्ले अफ सम्भावना निकै कम हुनेछ  ।

यता, घरेलु समर्थकको साथ पाएको पोखरा तेस्रो जितको खोजीमा हुनेछ ।  ३ खेलबाट ४ अंक जोडेको पोखरा दोस्रो स्थानमा छ ।

आज धनगढीलाई हराउन सके पोखराको प्ले अफ सम्भावना बलियो हुनेछ । पराजित भएमा अन्तिम खेलको नतिजा कुर्नुपर्नेछ ।  त्यसैले पोखरा आफुलाई पुर्ण रुपमा जित निकाल्ने लक्ष्यमा मैदान उत्रनेछ ।

तपाईको प्रतिक्रिया