काठमाडौं – टोटनह्याम हट्सपरलाई हराउँदै म्यान्चेस्टर सिटी इङ्लिस प्रिमियर लिग फुटबल प्रतियोगिताको शीर्ष स्थानमा फर्किएको छ ।
गएराति टोटनह्यामको मैदानमा भएको खेलमा म्यान्चेस्टर सिटी १–० ले विजयी भयो ।
खेलमा म्यान सिटीलाई विजयी गराउन अल्जेरियाका खेलाडी रियाद माहारेजले निर्णायक गोल गरे ।
जितसँगै म्यान्चेस्टर सिटी प्रिमियर लिगको अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । १० खेलबाट उसको २६ अंक छ ।
समान २६ अंक नै जोडेको लिभरपुल गोल अन्तरको आधारमा दोस्रो स्थानमा झरेको छ ।
तेस्रो स्थानको चेल्सीको २४ अंक छ भने २२ अंकको साथ आर्सनल चौथो स्थानमा छ ।