Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं – यू–१५ साफ च्याम्पियनसिप फुटबलमा पाकिस्तानले लगातार दोस्रो जित निकालेको छ ।

समूह बीमा रहेको पाकिस्तानले पहिलो खेलमा भारतलाई २–१ ले पराजित गरेको पाकिस्तानले शनिबार भएको दोस्रो खेलमा भूटानमाथि ४–० को जित निकालेको हो । पाकिस्तानले सबै गोल पहिलो हाफमा मात्रै गरेको हो ।

२० औं मिनेटमा मुदासर नजरले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । यसैगरी इफ्तिखर अहमदले २३ औं मिनेटमा गोल गर्दै पाकिस्तानको अग्रता दोब्बर पारे । त्यसैगरी एक पक्षीय खेलमा २९औं मिनेटमा पाकिस्तानले तेस्रो गोल गरेको थियो । याे गाेल  मोइन अहमदकाे थियाे ।

यसैगरी ४२औं मिनेटमा मोइन अहमदले व्यक्तिगत दोस्रो तथा पाकिस्तानका  लागि चौथो गोल गरे । दोस्रो हाफमा थप गोल नभएपछि पाकिस्तानले भूटानमाथि ४–० को फराकिलो जित निकाल्न सफल भयो ।

आजै अर्को खेलमा माल्दिभ्स र बंगलादेश भिड्दैछन् ।

तपाईको प्रतिक्रिया