Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं –  अफगानिस्तान प्रिमियर लिग क्रिकेटमा नेपाली युवा स्पीनर सन्दीप लामिछानेले डेब्यू गरेका छन् ।  नानग्राहर लियोपार्डका लागि अफगानिस्तान प्रिमियर लिग अन्तर्गत पाक्टिया प्यान्थरविरुद्धको खेलमा डेब्यू गरेका उनले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए ।

नानग्राहरको इनिङमा उनले ९.४ र ९.६ ओभरमा विकेट लिएका हुन् । सन्दिपले क्यारुन डोलपोर्टलाई ६ र सिकन्दर राजालाई खाता नखोली पेविलियन फर्काए ।  ब्याटिङमा भने उनले रन लिन सकेनन् ।

तर, उनको टोली नानग्राहर लियोपार्ड भने पराजित भएको छ । टस जितेर पहिले ब्याटिङ रोजेको नानग्राहरले निर्धारित ओभरमा सबै विकेट गुमाएर १२६ रन बनाएको थियो । नानग्राहरलाई सस्तैमा समेट्न जियाउर रहमानले ३ विकेट लिँदा शाहिद अफ्रिदीले २ विकेट लिए ।

१२७ रनको लक्ष्य पाक्टियाले १४.४ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । उसका लागि कप्तान मोहम्मद साहजादले ४३ बलमा ७८ रनको शानदार पारी खेले । उनले ८ छक्का र ४ चौका प्रहार गरेका थिए । त्यस्तै इन्साउल्लाहले पनि २५ रन जोडे ।

तपाईको प्रतिक्रिया