Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं  – स्पेनिस क्लब बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सीले इन्ग्लिश क्लब म्यानचेस्टर सिटीले गरेको मोटो रकमको प्रस्ताब अस्वीकार गरेको खुलासा भएको छ ।

मेस्सीका लागि सिटीले बार्सिलोनाको भन्दा तीन गुणा बढी तलबको प्रस्ताब गरेको तर मेस्सीले उक्त प्रस्ताब अस्वीकार गरेको स्पेनिस पत्रिका मुन्डो डिपोर्टिभोले जनाएको छ ।

मेस्सीको लागि तीन गुणा तिर्न तयार भएको कुरा सिटीका प्रमुख खाल्डून अल मुबारकले खुलासा गरेको पत्रिकाले जनाएको हो । गोल डटकमका अनुसार इतिहाद स्टेडियममा मेस्सीलाई ल्याउन हरेक साता १ मिलियन पाउण्ड बढीको प्रस्ताब लगेको थियो ।

पुर्व प्रशिक्षक पेप ग्वार्डीवाला सिटीमा आएपछि सिटीले मेस्सी भित्र्याउने कोशिस गरेको हो । तर, मेस्सी क्लबमा ल्याउने प्रयास गर्दा प्रशिक्षक ग्वार्डीवाला समेत थाकेको बताईएको छ ।

अर्जेन्टिनाका ३१ बर्षे मेस्सीले गत बर्ष बार्सिलोनासंग क्लबमा रहन गरी नयाँ सम्झौता गरेका थिए । नयाँ सम्झौतासंगै मेस्सी सन् २०२१ सम्म बार्सिलोनामै रहनेछन् ।

तपाईको प्रतिक्रिया