Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं –  फ्रान्सेली अधिकारीहरुले च्याम्पियन्स लिगमा पेरिस सेन्ट जर्मेन (पीएसजी) र  रेड स्टार बेलग्रेडबीचको खेलमा फिक्सिङ भएको हुनसक्ने भन्दै अनुसन्धान थालेका छन् ।

फ्रेन्च पत्रिका ला इक्विपलाई उद्धृत गर्दै बीबीसीले रेड स्टारका अधिकारीले पाँच मिलियन युरोमा पीएसजीसँग ६–१ गोलले हार्न म्याच फिक्सिङ गरेको बताएको छ । तर, दुवै क्लबले सो आरोपको खण्डन गरेका छन् ।

पीएसजी च्याम्पियन्स लिगमा समूह सीमा तेस्रो स्थानमा छ । समान तीन अंक भएको लिभरपुल दोस्रो स्थानमा छ । एक अंकसहित रेड स्टार समूहको पुछारमा रहेको छ भने नेपोली चार अंकसहित समूहको शीर्ष स्थानमा छ ।

अक्टोबर ३ मा पेरिसमा भएको खेलमा ब्राजिलियन स्टार नेइमारले रेडस्टारसँगको खेलमा ह्याट्रिक गरेका थिए । त्यस्तै इडिन्सन काभानी र एञ्जेल डि मारियाले एक–एक गोल गरेका थिए । दोस्रो हाफमा मार्को मरिनले रेड स्टारका लागि एक गोल गरेका थिए ।

सर्बियन क्लब रेड स्टारले युरोपियन फुटबल महासंघले गर्न लगाएको अनुसन्धानले आफ्नो क्लबको इज्जत र मान गुम्ने भन्दै आपत्ति जनाएको छ । यता पीएसजीले पनि पुरै खेल नियम अनुसार नै भएको र पीएसजीले खेलेर नै जितेको बताएको छ ।

तपाईको प्रतिक्रिया