Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं  – राजधानीमा जारी पल्सर सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज पहिलो चरणका अन्तिम २ खेल हुँदैछन् ।

पहिलो खेलमा हिमालयन शेर्पा क्लब र सशस्त्र प्रहरीको एपीएफ भिड्नेछन् । २ टोलीबीचको प्रतिस्पर्धा ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा बिहान ११ बजे सुरु हुनेछ ।

दुबै टोली लिगमा बिजयी सुरुवात गर्ने लक्ष्यका साथ मैदान उत्रनेछन् ।  आजै हुने दोस्रो खेलमा बिग्रेड ब्वाईज क्लबले मनाङ मस्र्याङदी क्लबको सामना गर्नेछ । दोस्रो खेलपनि सोही मैदानमा दिउँसो ३ बजे सुरु हुनेछ ।

योसँगै १४ टोली सहभागी लिगमा पहिलो चरणका खेलहरु सकिनेछन् । अखिल नेपाल फुटवल संघका प्रवक्ता किरण राईकाअनुसार, लिगका थप खेलहरु तिहार पछि मात्र सुरु हुनेछन् ।

तपाईको प्रतिक्रिया