Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

टोकियो – जापानमा क्रियाशिल हिमालयन ब्वाइज फुटबल क्लब र डबका नेपाली रेष्टुरेण्ट शिनोकोबुबीच सहकार्य हुने भएको छ । फुटबल खेललाई थप अगाडि बढाउन सँगसँगै अघि बढ्ने उदेश्यका साथ क्लब र रेष्टुरेण्टबीच सहकार्य भएको हो ।

पछिल्लो समय जापानमा रहेका नेपालीहरुमा पनि फुटबलप्रतिको मोह बढ्दै गएका बेला क्लब र रेष्टुरेण्टबीच सहकार्य भएको जनाइएको छ । समय अभाव, कार्यव्यस्तता लगायतका कारण खेल भनेर मात्र हिड्न नसकिने जापानमा स्वास्थ्यका लागि खेलकूद भन्ने नाराका साथ खेल क्षेत्रमा लागेको क्लब र यसै कार्यमा सहयात्रा गर्न इच्छुक रेष्टुरेण्टबीच सहकार्य भएको हो ।

यसैक्रममा आइतबार एक कार्यक्रमकाबीच क्लब र रेष्टुरेण्टबीच सहकार्य गर्ने सम्बन्धी सम्झौता भएको क्लबका म्यानेजर दीपक कार्कीले जानकारी दिनुभयो । उक्त कार्यक्रममा डबका रेष्टुरेण्टका जनक सुवेदीले क्लबलाई शुभकामनासहित जर्सीलगायत खेलकूद सामाग्री हस्तान्तरण गर्नुभयो ।

तपाईको प्रतिक्रिया