Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडाैं – विश्व विजेता फ्रान्सका किलियन एम्बाप्पेले ४ गोल गरेपछि पिएसजीले लियोनलाई सहजै हराएको छ । फ्रेन्च लिग वान अन्तर्गत घरेलु मैदानको भएको खेलमा पिएसजीले लियोनलाई ५-० ले हराएको हो । पिएसजीको जितमा नायक भएका एम्बाप्पेले १३ मिनेटको अन्तरमा ४ गोल गरेका थिए । थप एक गोल नेइमारले गरेका थिए ।

खेलको ९ औं मिनेटमा नेयमारले पेनाल्टीमार्फत गोल गर्दै पिएसजीलाई सुरूवाती अग्रता दिलाएका थिए । एम्बाप्पेलाई पेनाल्टी एरियामा लियोनका गोलकिपरले लडाएपछि पिएसजीले पेनाल्टी पाएको थियो । ३५ औं मिनेटमा पिएसजीका प्रेस्नेल किम्पेम्बेले सोझो रातो कार्ड पाएर मैदान बाहिरिएपछि पिएसजी १० खेलाडीमा सिमित भएको थियो ।

यस्तै खेलको २६ औं मिनेटमा पहिलो पहेलो कार्ड पाएका लियोनका लुकास टुसार्टले ४५ औं मिनेटमा दोस्रो पहेलो कार्ड पाउँदै बाहिरिएपछि लियोन पनि १० खेलाडीमै सिमित भयो । पहिलो हाफ १-० ले अगाडि रहेको पिएसजीका लागि दोस्रो हाफ एम्बाप्प्मय बन्यो । एम्बाप्पेले दोस्रो हाफको ६१, ६६, ६९ र ७४ औं मिनेटमा गोल गर्दै सहज जित दिलाए ।

१३ मिनेट भित्रैं चार गोल गरेपछि घरेलु टोली सहज जिततर्फ अगाडि बढेको हो । लिग वान अन्तर्गत ९ खेल खेल्दै शत प्रतिशत जित निकालेको पिएसजी २७ अंकसहित लिगको शीर्षस्थानमा छ ।

हेर्नुहोस् हाइलाइट्स :-

https://youtu.be/alXil6M3t4s

तपाईको प्रतिक्रिया