Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं – स्पेनिस ला—लीगाको शीर्ष स्थानमा रहेको बार्सिलोना एक स्थान घटुवा भएको छ ।

शीर्ष स्थानमा रहेको बार्सिलोनाले आइतबारको खेलमा भ्यालेन्सियासँग अंक बाँडेपछि भ्यालेन्सियालाई शीर्ष स्थान सुम्पिएको हो । १—१ गोलको बराबरी भएको खेलमा भ्यालेन्सियाले खेलको दोस्रो मिनेटमा गोल गर्दै अग्रता लिएको थियो । भ्यालेन्सियाका लागि जेक्वाइल गारेले उत्कृष्ट गोल गर्दै बार्सिलोनाविरुद्ध अग्रता बढाएका थिए ।

सुुरुआति पछाडि रहेको बार्सिलोनाका लागि कप्तान लियोनल मेस्सीले २२ औं मिनेटमा गोल गर्दै बराबरी गरेपछि पराजित हुुनबाट जोगिएको थियो । पहिलोे हाफमै दुवै टिमले बराबरी गोल गरेपनि दोस्रो हाफ बार्सिलोनाले गोल गर्न नसकेपछि ८ खेलमा १६ अंकका साथ शीर्ष स्थान भ्यालेन्सियाले लिएको हो भने बार्सिलोनाले पनि समान ८ खेलबाट १५ अंक जोड्दै दोस्रो स्थानमा रहेको छ ।

बार्सिलोनाको पक्षमा ७६ प्रतिशत गेम पोसेसन रहेपनि २६ प्रतिशत पोसेसन रहेको भ्यालेन्सियाले रक्षात्मक खेलेपछि बार्सिलोनाले खेलमा अग्रता बढाउन सकेन ।

तपाईको प्रतिक्रिया