Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडाैं – नेपालले दिएको १७३ रनको लक्ष्यसहित मैदानमा आएको थाइल्याण्डले १८ रनमै ९ विकेट गुमाएको छ । वर्षाले खेल रोकिनुअघि थाइल्यण्डले ८.५ ओभरमा ९ विकेट गुमाउँदै १८ रन जोडेको छ । नेपालका लागि सन्दिप लामिछाने ५ तथा करण केसीले ३ विकेट लिए भने ललित नारायण राजबंशीले १ विकेट लिएका थिए ।

यसअघि मलेसियामा जारी आईसीसी टी-ट्वान्टी विश्व कप छनोटमा नेपालले थाइल्याण्डलाई १७३ रनको लक्ष्य दिएको थियो । बायुमास ओभल मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७२ रन बनाएको हो । नेपालका लागि आठौं नम्बरमा ब्याटिङ गर्न आएका करण केसीले सर्वाधिक नटआउट ४० रन बना ए। मात्र १४ बल खेलेका करणले ४ छक्का र २ चौका प्रहार गरेका थिए ।

अन्तिम ओभरमा करणले लगातार ३ छक्कासहित २१ रन बनाएपछि नेपालको इनिङ उकासेका थिए । यसअघि ओपनिङमा आएका अनिल साह २५ रन बनाएर आउट हुँदा विनोद भण्डारी १५ रनमै पभेलियन फर्किएका थिए । २८ रन बनाउँदा विनोद भण्डारीलाई गुमाएको नेपालले ५४ रनको स्कोरमा अनिललाई गुमाएको थियो । त्यसपछि शरद भेषावकर र दीपेन्द्रसिंह ऐरीले नेपालको पारी सम्हालेका थिए । तर, दिपेन्द्रसिंह ऐरी नेपालको स्कोर ९९ रन हुँदा व्यक्तिगत ३० रनमा आउट भएपछि नेपालको इनिङ धर्मरायो ।

त्यसपछि क्रिजमा आएका आरिफ शेख व्यक्तिगत ८ रन बनाउँदै आउट भ ए। नेपालले ११२ रन हुँदा ४ विकेट गुमाएपछि आएका कप्तान पारस खड्का टिक्न सकेनन् । टिमको स्कोर ११५ रन हुँदा शरदले ३४ रन बनाएर आउट भए । त्यसको केही बेरमै कप्तान खड्का ५ रनमै आउट भए । त्यसपछि १२८ रन हुँदा ज्ञानेन्द्र मल्ल ७ रन बनाएर आउट भएका थिए । त्यसपछि मैदान आएका करन केसीले विस्फोटक ब्याटिङ गर्दै नेपाललाई बलियो स्कोरमा पुर्‍याए ।

सोमपाल कामी पनि ४ रनमा नटआउट रहे । थाइल्याण्डका पायुपुठ संग्राडले सर्वाधिक ४ विकेट लिएका थिए । थाइल्याण्ड अंक तालिकामा ५ अंकसहित दोस्रो स्थानमा रहेको छ भने नेपाल ४ अंकसहित तेस्रो स्थानमा छ ।

तपाईको प्रतिक्रिया