Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं –  मलेसियामा भइरहेको आइसिसी विश्व टी-ट्वान्टी क्रिकेट अन्तर्गत एसिया छनोट समूह ‘बी’ मा नेपालले आज घरेलु टोलीसँग खेलिरहेको छ । पहिलो खेलमा म्यानमारलाई ८ विकेटले हराएको नेपालले आफ्नो दोस्रो खेलमा शनिबार मलेसियासँग खेलिरहेको हो ।

मलेसियाको क्वालालम्पुरस्थित वायुमास ओभलमा नेपाल र मलेसियाबीचको खेल नेपाली समय अनुसार बिहान ७ः४५ बजेबाट सुरु भएको छ । यसैबीच, सन्दिप लामिछानेले ५ विकेट लिएका छन् । यस्तै, आठौं विकेट सन्दिपले नै लिएका छन् । योसँगै सन्दिपको खातामा आज ५ विकेट दर्ता भएको छ ।

सन्दिपले बिस्फोटाक ब्याट्म्यान मोहम्मद सरफिलाई ४९ रनमा आउट गरेका छन् । योसँगै मलेसियालाई आठौं झड्का लागेको छ । सातौं विकेटका रुपमा पारस खड्काको बलमा मलेसियाका खेलाडी रन आउट भएका छन् । यसअघि सोमपाल कामीले लगातार २ विकेट लिएका थिए ।

तेस्रो र चौंथो विकेट कामीले लिएका हुन् । उनले आफ्नो दोस्रो ओभरको पहिलो र दोस्रो बलमै २ विकेट लिन सफल भए । आज मलेसियाले टस जितेर ब्याटिङ रोजेको थियो ।

खेलको लाइभ स्कोर हेर्न हयाँ क्लिक गर्नुस्

नेपालले सन् २०१३ पछि पहिलोपटक नेपालले मलेसियासँग टी-ट्वान्टी फर्म्याटमा प्रतिस्पर्धा गर्न लागेको हो। टी-ट्वान्टीको पछिल्लो तीन भेटमा नेपालले मलेसियालाई दुई पटक हराएको छ भने एक खेल मलेसियाले जितेको छ।

तपाईको प्रतिक्रिया