Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडाैं – भारतलाई हराउँदै नेपाल भुटानमा जारी साफ यु-१८  महिला फुटबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । थिम्पुस्थित चाम्लिङथाङ रंगशालामा नेपालले उपाधिको दावेदार मानिएको भारतमाथि ४-१ गोल अन्तरले फाइनल प्रवेश गरेको हो ।

निर्धारित ९० मिनेट र थपिएको ३० मिनेटमा पनि दुबै पक्षबाट १-१ गोलको बराबरी भएपछि खेलको निर्णय पेनाल्टीबाट गराइएको थियो । पेनाल्टीमा नेपाल ३-१ ले विजय हुँदै फाइनल प्रवेश गरेको हो । नेपालले अब उपाधिका लागि आयोजक भुटान र बंगलादेशबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ ।

तपाईको प्रतिक्रिया