Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडाैं – म्यानमानरलाई सहजै पन्छाउँदै नेपालले आइसीसी टि-ट्वान्टी उप क्षेत्रिय क्रिकेट छनोट प्रतियोगितामा विजयी सुरूवात गरेको छ । मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा म्यानमारले दिएको ३० रनको सामान्य लक्ष्य नेपालले २ विकेट गुमाएर ३ ओभरमा पुरा गर्‍यो ।

नेपालले आज पनि सुरुवात राम्रो गर्न सकेन । नेपालले स्कोरबोर्डमा रन नजोड्दै ओपनर प्रदिप ऐरीलाई गुमायो । उनले आफ्नो खाता खोल्न सकेनन । त्यसपछि अनिलकुमार शाह पनि ११ रनमा आउट भएपछि नेपालले १२ रनमा दोस्रो विकेट खेर फाल्यो । तर त्यसपछि करण केसीले अविजीत १४ रन बनाउदा नेपालले सहज जित हात पार्‍यो ।

यसअघि म्यानमारमाथि नेपालले २ बलमा खेल जित्दै दुर्लभ कीर्तिमान बनाएको थियो । २००६ अगस्ट २० तारिकमा म्यानमारविरुद्धको खेलमा नेपालले विश्व रेकर्ड बनाएको थियो । पहिले ब्याटिङ गरेको म्यानमार १२.१ ओभरमा १० रनमै अलआउट भएको थियो । म्यानमारका कुनै पनि ब्याट्सम्यानले २ रन समेत जोड्न सकेका थिएनन् । नेपाली बलरसामूह निरिह बनेका म्यानमारका ५ ब्याट्सम्यान १ रनमा आउट भए । ६ ब्याट्सम्यान शून्य रनमै पेभेलियन फर्किएका थिए ।

म्यानमारको इनिङ ध्वस्त पार्ने क्रममा नेपालका मेहबुब आलामले ७ विकेट लिएका थिए । उनले ६.१ ओभर बलिङ गर्दा ३ रन मात्र खर्चिए । बाँकी ३ विकेट विनोद दासले हात पारे । दासले ६ ओभरमा ४ रन खर्चिएका थिए । बलिङमा सनसनी मच्चाएको नेपालले ११ रनको लक्ष्य केवल २ बल खेलेर पार गरेको थियो। २ बलमा लक्ष्य पार गर्दा विश्व रेकर्ड बनेको थियो ।

खेलमा नेपालको ओपनिङमा महेश क्षेत्री र धिरेन्द्र चन्द थिए । दुवैले १-१ बलको सामाना गर्दा समान नटआउट ३-३ रन बनाएका थिए । बाँकी पाँच रन नेपालले वाइडबाट पाएको थियो । सन् २०२० मा अष्टेलियामा आयोजना हुने टि ट्वान्टी कपको लागि नेपालको यात्रा आजबाट सुरु भएको हो । उप-क्षेत्रिय छनोट खेल्दै विश्वकपको यात्रा सुर भएको हो ।

प्रतियोगितामा नेपाल सहित आयोजक मलेसिया, चीन, थाइल्यान्ड, भुटान, सिंगापुर र म्यानमार छन् । यी सबै टोली एक अर्कासँग खेल्ने छन् । यसमा शीर्ष ३ मा पर्ने टोली एसियाली क्षेत्रिय छनोटको लागि छनोट हुने छन् ।

तपाईको प्रतिक्रिया