Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं – यू-१९ एसिया कपमा नेपालले सान्त्वना जित हात पारेको छ । लगातार दुई हारसँगै समूह चरणबाटै बाहिरिएको नेपालले अन्तिम खेलमा यूएईलाई ३ विकेटले हराएको हो ।

यूएईले दिएको २६९ रनको लक्ष्य अन्तिम ५ बल बाँकी छँदा ७ विकेट गुमाएर भेट्टायो । नेपालले पहिलो विकेट भने सस्तैमा गुमाएको थियो । त्रित्रराज दास मात्र ६ रनमा आउट हुँदा नेपालको स्कोर मात्र १५ रन थियो । तर, तेस्रो नम्बरमा आएका आशिफ शेखले सम्हालिएर खेले । रित गौतमसँग ३० रनको साझेदारी गरेका उनले तेस्रो विकेटका लागि सन्दिप जोरासँग ५९ रनको साझेदारी गरे । शेख ३५ रनमा आउट भए ।

त्यसपछि रोहितकुमार पौडेलको पालो । उनले जोरासँग ४९ रनको साझेदारी गरे । पवन शरार्फ ९ र अरुण ऐरी मात्र ४ रनमा आउट भए । सातौं विकेटका रुपमा आउट हुनु अघि रोहितले रासिद खानसँग ५३ रनको साझेदारी गरे । रोहित ९२ रनमा आउट हुँदा नेपाललाई जितका लागि ७ बलमा मात्र २ रन चाहिएको थियो । रसिद २७ रनमा नटआउट रहे । यसअघि पहिले ब्याटिङ गरेको यूएईको सुरुवात उत्कृष्ट थियो । पहिलो विकेटका लागि पहद नवाज र अंश टन्डनले १५९ रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।

नन्दनकुमार यादवले टन्डनको विकेट लिएपछि भने यूएईका ब्याट्सम्यानरुले ठूलो साझेदारी गर्न सकेनन् । उसले ५० ओभरमा ८ विकेट गुमाएर २६८ रन बनाउको थियो । नेपालका नन्दन, रसिद खान र पवन शरार्फले समान २-२ विकेट लिए । सुरुवाति दुई खेलमा भारत र अफगानिस्तानसँग हारेसँगै प्रतियोगिताबाट बाहिरिएको नेपालका लागि यो सान्त्वना जित भयो । यूएईले भने सबै खेल गुमाएको छ ।

तपाईको प्रतिक्रिया