Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडाैं – क्रिश्चियानो रोनाल्डोले आफूमाथि लागेको बलात्कार आरोपको खण्डन गरेका छन् । उनले हालै प्रकाशित समाचारमा कुनै सत्यता नरहेको भन्दै सो समाचारलाई झुट भनेका छन् । हालैएक ३४ वर्षिया अमेरिकी महिलाले रोनाल्डोले आफूलाई सन् २००९ मा बलात्कार गरेको आरो लगाएकी थिइन् ।

इन्स्टाग्राम भिडियोमा रोनाल्डोले आफ्नो नाम प्रयोग गरेर आफूलाई प्रचारका लागि प्रयोग गरेको बताएका छन् । सो भिडियोमा उनले यस्तो हुनु सामान्य हो भनेका छन् । यसैगरी रोनाल्डोका वकिलले सो भ्रामक र झुटो समाचार छाप्ने जर्मन पत्रिका ‘डेर स्पाइगेल’ विरूद्ध मानहानीको मुद्दा हाल्ने बताएका छन् । सो पत्रिकाले रोनाल्डोले काथरिन मायोर्गा नामकी ती अमेरिकी महिलालाई लस भेगासको एक होटल कोठमा बलात्कार गरेको बताएको भन्दै समाचार प्रकाशित गरेको थियो ।

पत्रिकाले घटनापछि ती महिलाले लस भेगास प्रहरीमा बलात्कारको उजुरी गरेको पनि उल्लेख गरेको थियो । यसैगरी सो समाचारमा रोनाल्डोले मुद्दा नहाल्नका लागि उनलाई २ लाख ८८ हजार पाउण्ड क्षतिपूर्ति दिएको पनि जनाइएको छ । तर ती महिलाको वकिलले अहिले आएर सार्वजनिक नहुने सम्बन्धी सम्झौता प्रभावहिन बनाउने तरिका खोजिरहेका बताइएको छ ।

रोनाल्डोका वकिल क्रिष्टियन शेर्ट्जले स्पिइगलमा छापिएको खबर गैरकानुनी र गम्भीर रहेको बताउँदै सो खबरले रोनाल्डोको नैतिकतामाथि गरेको असरको क्षतिपूर्तिको दाबीसहित मुद्दाको तयारीमा रहेको बताएका छन् । रोनाल्डोका वकिलले यसलाई व्यक्तिगत अधिकारमाथिको सबैभन्दा ठूलो प्रहार वा उल्लंघन रहेको  दाबी गरेकाछन्  ।

रोनाल्डो अहिले इटालियन क्लब युभेन्टसबाट खेल्दै आएका छन् । रोनाल्डो विश्वका सर्वोत्कृष्ट फुटबलरका रुपमा लिइन्छन् । रोनाल्डो यसै वर्ष ९९.२ मिलियन पाउण्डमा युभेन्ट्रस आएका छन् ।

तपाईको प्रतिक्रिया