Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

लिस्बन –  पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो संकटमा परेका छन् । उनीमाथि एक अमेरिकी महिलालाई बलात्कार गरेको आरोप लागेको छ ।

अमेरिकी महिला काथ्रिन मयोर्गाले सन् २००९ मा लस भेगासको एक होटलमा रोनाल्डोले आफूलाई बलात्कार गरेको आरोप लगाएकी हुन् । यस सम्बन्धमा उनले गत शुक्रबार आरोप दायर गरेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् ।

ती महिलाले उक्त घटनापछि रोनाल्डोले आफूसँग माफी मागेको बताइन् । ‘उनले मलाई घटनाप्रति खेद रहेको बताए, आफू सज्जन रहेको बताएका थिए,’ ती महिलाको भनाइ उद्धृत गर्दै अन्तर्राष्ट्रिय संचारमाध्यमले लेखेका छन् ।

सन् २००९ मै दुई पक्षबीच एक सम्झौता भएको बताइन्छ । सम्झौताअन्तर्गत रोनाल्डोले ३ लाख ७५ हजार डलर क्षतिपूर्ति ती महिलालाई दिएर मामलालाई आपसमै सुल्झाउने सहमति गरिएको थियो ।

तर, ३४ वर्षीय पीडित महिलाको वकिलका अनुसार उक्त सम्झौता समाप्त गर्दै कानुनी कारवाहीका लागि आरोप दायर गरिएको छ । जर्मन म्यागजिन ‘डेर स्पीजेल’ ले पीडित महिलासँगको बयानलाई प्रकाशित गरेपछि यो प्रकरण सतहमा आएको हो । रोनाल्डोका वकिलले भने उक्त समाचार झूटो भएको दावी गरेका छन् ।

उक्त म्यागजिनले रोनाल्डो र उनको व्यवस्थापन पक्षसँग लिखित जिज्ञासा राख्दा कुनै जवाफ नआएको जनाएको छ ।

रोनाल्डोले भने उक्त आरोप निराधार रहेको जनाएका छन् । इन्स्टाग्राममा लाइभ प्रतिक्रिया जनाएका उनले आफ्नो लोकप्रियता र ख्यातीलाई देखेर यस्ता आरोप लगाएर ‘चर्चित’ हुन खोजेको प्रष्ट पारेका छन् ।

तपाईको प्रतिक्रिया