काठमाडौं – पोखरामा आगामी कात्तिक ९ देखि २० गतेसम्म आयोजना हुने पोखरा प्रिमियर लिग (पीपीएल) टी-२० लिगको प्लेअर अक्सन (खेलाडी लिलामी) मा राष्ट्रिय टिमका ७ खेलाडी सबैभन्दा धेरै रकममा बिक्री भएका छन् । ६ टिमको मार्की प्लरअरको रुपमा रहेका ६ जना खेलाडी बाहेक अन्य ७ खेलाडी सर्वाधिक २ लाख ५० हजार रकममा अनुबन्ध भएका हुन् ।
जसअन्तर्गत बसन्त रेग्मी, सागर पुन, अनिल कुमार शाह, करण केसी, विनोद भण्डारी, आरिफ शेख र रोहित कुमार पौडेललाई सर्वाधिक भाउमा बोली लागेको थियो । यी सबै खेलाडी सिनियर राष्ट्रिय टिमबाट खेलिसकेका खेलाडी थिए । राष्ट्रिय टिममा रहेका मध्ये ललित भण्डारी २ लाखमा बुटवल ब्लास्टर्समा तथा ललित राजवंशी १ लाखमा पोखरामा अनुबन्ध भए ।
यता शक्ति गौचन भने अक्सनमा ब्रिकी हुन सकेनन्। अक्सन सकिएपछि भएको ‘विस लिस्ट’ ( असक्न सकिएपछि न्यूनतम मूल्यमा चाहेको मूल्यमा खेलाडी लिन सक्ने) बाट चितवनले शक्तिलाई आवद्ध गर्यो। शक्तिको न्यूनतम मूल्य २ लाख १० हजार थियो। तर चितवनले अन्तिममा खर्च गर्न पाउने रकम २० हजार मात्र बाँकी भएकाले शक्तिलाई आवद्ध गर्न २५ प्रतिशत पेनाल्टी तिर्यो। जसले गर्दा शक्तिको मूल्य २ लाख ६२ हजार ५ सय रुपैयाँ पुग्यो। शक्तिले २ लाख १० हजार मात्र पाउने छन् भने पेनाल्टी रकम आयोजकलाई जानेछ।
सर्वाधिक महँगा खेलाडी बनेका ७ खेलाडी
सागर पुन– २ लाख ५० हजार – बुटवल ब्लास्टर्स
अनिलकुमार साह– २ लाख ५० हजार – चितवन राइनोज
करण केसी– २ लाख ५० हजार – चितवन राइनोज
मोहमद आरिफ शेख– २ लाख ५० हजार – चितवन राइनोज
बसन्त रेग्मी – २ लाख ५० हजार – काठमाडौं रोयल्स्
रोहितकुमार पौडेल– २ लाख ५० हजार – पोखरा पल्टन
विनोद भण्डारी –२ लाख ५० हजार – पोखरा पल्टन
हेर्नुस कुन टिममा काे खेलाडी :
विराटनगर टाईटन्स :
दिपेश श्रेष्ठ – ९० हजार
शाहब आलम – १ लाख ५० हजार
जितेन्द्र मुखिया – ७५ हजार
राजेश पुलामी – १ लाख ५० हजार
किशोर महतो – ९० हजार
पुष्प थापा – ५० हजार
प्रदिप ऐरी – २ लाख ४० हजार
राजु रिजाल – ८५ हजार
जितेन्द्र सिंह ठकुरी – ६० हजार
सुनिल धमला – २ लाख २० हजार
रविन जोशी – ३० हजार
हिमान्सु दत्त – ५० हजार
चितवन राईनोज :
अनिल कुमार साह – २ लाख ५० हजार
भुवन कार्की – १ लाख ५० हजार
राम नरेश गिरी – ८५ हजार
करण केसी – २ लाख ५० हजार
आरिफ शेख – २ लाख ५० हजार
सुमित महर्जन – ५० हजार
सोनु तामाङ – ८५ हजार
विनोद लामा – ७० हजार
हरि शंकर साह – ९० हजार
शक्ति गौचन – २ लाख ६२ हजार ५ सय (२५ प्रतिशत फाइन, बढी रकम खर्च गरेको कारण पेनाल्टी पाएको )
पोखरा पल्टन :
रोहित कुमार पौडेल – २ लाख ५० हजार
बिनोद भण्डारी – २ लाख ५० हजार
ललित नारायण राजवंशी – १ लाख
रशिद खान – ७० हजार
कृष्ण कार्की – १ लाख
कुशल भुर्तेल – १ लाख ५० हजार
बिक्रम भुसाल – ५० हजार
महबुब आलम – १ लाख ६० हजार
आशिफ शेख – ८० हजार
इशान पाण्डे – ५० हजार
दिभ्यान्सु मलिक – ३० हजार
बुटवल ब्लास्टर्स :
संसद शेख – ६० हजार
सिदान्त लोहनी – १ लाख ६० हजार
हरि चौहान – १ लाख
ललित सिंह भण्डारी – २ लाख
शंकर राना – ८० हजार
पुरण बिक – ३० हजार
सागर पुन – २ लाख ५० हजार
हसिम अन्सारी – ५० हजार
भिम सार्की – १ लाख ५० हजार
प्रकास केसी – ५० हजार
अविनाश बोहोरा – १ लाख
नितेश थापा – ३० हजार
बिपिन खत्री – ३० हजार
हुलास काठमाडौं रोयल्स :
पवन सर्राफ – १ लाख ५० हजार
सुशान भारी – १ लाख ५० हजार
पृथु बास्कोटा – १ लाख २० हजार
अमर सिंह रौतेला – १ लाख
आदिल खान – ५० हजार
नरेश बुढाएर – २ लाख ३० हजार
अमित श्रेष्ठ – १ लाख ५० हजार
सुमित झा -३० हजार
एक्स्पर्ट धनगढी ब्लुज :
मन्जित श्रेष्ठ – ५० हजार
योगेन्द्र सिंह कार्की – १ लाख १० हजार
सन्तोस भट्ट – ३० हजार
रोबिन क्षेत्रि – ६० हजार
सन्दीप सुनार – ९० हजार
कमल सिंह ऐरी – १ लाख ५० हजार
दिलीप नाथ – २ लाख ४० हजार
सागर ढकाल – १ लाख ३० हजार
सन्दीप जोरा – ९० हजार
निर्दोष अन्सारी – ३० हजार
सौरभ खनाल – १ लाख
बिक्रम ठगुन्ना – ३० हजार
सन्दीप रजाली – ३० हजार