Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडाैं – कार्तिक ९ गतेदेखि पोखरामा आयोजना हुने पोखरा प्रिमियर लिग पीपीएलमा अहिलेसम्म चार जना खेलाडी सर्वाधिक महंगो रकमा बिक्रि भएका छन् । अधिकतम मूल्य २ लाख ५० हजारमा विक्रि हुने खेलाडीमा विनोद भण्डारी, करन केसी, सागर पुन र अनिल कुमार साह रहेका छन् ।

विनोदलाई  पोखरा पल्टनले लिएको छ । यसैगरी करन र  अनिललाई  चितवन राइनोजले २ लाख ५० हजार खर्च गरेर  भित्र्याएकाे हाे । त्यसैगरी, सागरलाई बुटवलले अनुबन्ध गरेकाे छ । धनगढी ब्लुजले २ लाख ४० हजार खर्च गर्दै  दिलिप नाथलाई लिएको छ । २ लाख ३० हजारमा काठमाडौं रोयल्सले  नरेश बुढाएरलाई खरिद गरेको छ । २ लाख  रुपैयाँमा ललित भण्डारी बुटवल ब्लास्टर्समा आवद्ध भएका छन् । सिद्धान्त लोहनीलाई पनि १ लाख ६० हजारमा बुटवललेनै लिएको छ ।

६ जना  खेलाडीहरु  १ लाख ५० हजारमा खरिद भएका छन् ।  त्यसमा  काठमाडौं रोयल्सले पवन शर्राफ र   सुशन भारीलाई लिएको छ । कमलसिंंह ऐरीलाई धनगढीले लिँदा  भुवन कार्कीलाई पनि चितवनले १ लाख ५० हजार खर्च गरेको छ । विराटनगरले १ लाख ५० हजारमा  साहब आलम र  राजेश पुलामीलाई लिएको छ । १ लाख ३० हजारमा धनगढीले  सागर ढकाललाई लिँदा १ लाख २० हजारमा काठमाडौं रोयल्सले पृथु बास्कोटालाई आवद्ध गरेको छ ।

योगेन्द्रसिंंह कार्की १ लाख १० हजारमा धनगढीमा आवद्ध भएका छन् । यसैगरी १ लाख मूल्यमा पाँच जना खेलाडी टिममा आवद्ध भएका छन् । जसमा पोखरा पल्टनले रोहित कुमार पौडेल र ललिनारायण राजवंशीलाई लिएको छ । त्यस्तै  काठमाडौंले अमरसिंह रौटेलालाई खरिद गर्दा हरि चौहान बुटवल बलास्टर र  प्रदीप ऐरी विराटनगरमा आवद्ध भएका छन् । ९५ हजारमा सन्तोष भट्टलाई धनगढीले खरिद गरेको छ ।

९० हजारमा तीन जनाको अक्सन भएको छ । त्यसमा विराटनगरले दिपेश श्रेष्ठ र किशोर महतोलाई लिएको छ भने, सन्दीप सुनुवार धनगढी ब्लुजमा आवद्ध भएका छन् । ८५ हजारमा  राजु रिजाल विराटनगरमा आवद्ध हुँदा  रामनरेश गिरि  चितवन पुगेका छन् । ८० हजार खर्च गरेर शंकर रानालाई बुटवलले लिएको छ ।  ७५ हजारमा जितेन्द्र मुखिया विराटनगरमा आवद्ध भएका छन् ।

७० हजारमा रासिद खान  पोखरा पल्टनमा आवद्ध भएका छन् । ६० हजारमा रविन क्षेत्रीलाई धनगढीले लिँदा ६० हजारमै मोहमद शम्सेद सिंंहलाई बुटवलले लिएको छ । चार जना खेलाडीहरु ५० हजारमा  आवद्ध भएका छन् । जसमध्ये काठमाडौले आदिल खान, धनगढीले मञ्जित श्रेष्ठ,  बुटवलले हसिम अन्सारी र विराटनगरले पुष्प थापालाई लिएको छ । सबैभन्दा कम मूल्यमा अहिलेसम्म  पुरन विक मात्रै बिकेका छन् । उनलाई ३० हजारमा  बुटवलले आवद्ध गरेकाे हो ।

तपाईको प्रतिक्रिया