Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडाैं – सहिद स्मारक ‘ए’ डिभिजन लिगको उद्घाटन खेलमा विभागीय टोली त्रिभुवन आर्मी र एनआरटीले २-२ गोलको बराबरी खेलेका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको निकैनै प्रतिस्पर्धात्मक खेलमा आर्मीलाई हारबाट जोगाउन सन्तोष तामाङले अतिरिक्त समयमा गोलगर्दै नायक बने ।

उनैले आर्मीका लागि पहिलो गोल गरेका थिए । खेल लगभग एनआरटीले २-१ ले जित्ने अनुमान गरिएको थियो। अतिरिक्त समयमा फ्रि-किक मार्फत गोलगर्दै तामाङले आर्मीलाई हारबाट जोगाएका हुन् । त्यसअघि खेल सुरु भएको ११ औं मिनेटमै एनआरटील सुरुवाती गोलको अग्रता लिएको थियो । एनआरटीका लागि रोजित पुडासैनीले गोल गरेका थिए ।

तर पहिलो हाफको ३८ औं मिनेटमा आर्मीले बराबरी गोल फर्काएको थियो । पेनाल्टिमा सन्तोष तामाङले गोल गरेका थिए । त्यसपछि खेलको ६५ औं मिनेटमा राजेश परियारले एनआरटीका लागि दोस्रो गोल गरेका थिए । प्रतिस्पर्धात्मक खेलसँगै दुवै टोलीले अंक बाँडेका छन् । दुवैको एक-एक अंक भएको छ ।

तपाईको प्रतिक्रिया