Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौं – बंगलादेशमा भैरहेको यू–१९ एसिया कप अन्तर्गत उद्घाटन खेलमा नेपालले भारतविरुद्ध टस जितेर फिल्डिङ रोजेको छ ।  ताजा अवस्थामा भारतले १० ओभरको समाप्तिमा बिना विकेटको क्षतिमा ५२ रन बनाएको छ ।

अघिल्लो संस्करणमा सेमिफाइनलमा पुगेको नेपालको यसपटकको लक्ष्य फाइनल पुग्ने छ । यद्यपी एक पछि अर्को खेलमा राम्रो प्रदर्शन गर्दै अघि बढ्ने योजना नेपालको छ ।
नेपाल र भारत यू–१९ एकदिवसीयमा अहिलेसम्म सात पटक भिडेकोमा भारतकै पल्ला भारी छ । ६ खेल भारतले जितेको छ भने एक खेलमा नेपाल विजयी भएको छ ।

गत संस्करणको एसिया कपमा नेपालले भारतलाई पहिलो पटक पराजित गरेको थियो । त्यसअघिका ६ खेलमा पराजित भएको थियो । सन् २००० मा भएको यू–१९ विश्वकपमा नेपालले भारतसँग ८ विकेटको पराजय ब्यहोरेको थियो । त्यसपछि एकैपटक सन् २०१२ मा भएको यू–१९ एसिया कपमा नेपाल ८१ रनले पराजित भएको थियो ।

सन् २०१३ मा भारत ९ विकेटले विजयी भयो भने सन् २०१६ को यू–१९ विश्वकपमा भारत ७ विकेटले विजयी भएको थियो भने त्यसे वर्ष भएको एसिया कपमा पनि भारत ६ विकेटले विजयी भएको थियो । सन् २०१७ मा भने नेपालले भारतविरुद्ध १९ रनको ऐतिहासिक जित निकालेको थियो ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर १८५ रन बनाएको थियो । जवाफमा भारत ४८.१ ओभरमा १६६ रनमै समेटिएको थियो । त्यस खेलमा नेपाली अलराउण्डर दिपेन्द्र सिंह ऐरीले ब्याटिङतर्फ ८८ रन र बलिङतर्फ ४ विकेट लिएका थिए ।

तपाईको प्रतिक्रिया