Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौं – भोलीबाट बंगलादेशमा शुरु हुने यू-१९ एसिया कपमा नेपाल यू-१९ टिमले पहिलो खेलमै भारतको यू-१९ टिमसँग खेल्दैछ । प्रतियोगितामा सहभागी हुन नापली टोली बिहीवारै ढाका पुगिसकेको छ । गत संस्करणको समूह चरणमै भारतलाई पराजित गर्दै शनशनीपूर्ण नतिजा निकालेको नेपाल पहिलो पटक सेमिफाइनल पुगेको थियो ।

यस पटक आसिफ शेखको कप्तानीमा रहेको नेपाली युवा टोलीलाई त्यो साख जोगाउने मुख्य चुनौती छ । समूह ए मा नेपाल र भारतसँगै अफगानिस्तान र युएई पनि छन् । सेमिफाइनल प्रवेश गर्न नेपालले कम्तीमा दुई खेल जित्नैपर्छ । गत संस्करणमा नेपालसँग हारेपछि भारत समूह चरणबाटै आउट भएको थियो । यसपटक भारतले घरेलु मैदानमा चार टिम सम्मिलित सिरिज गरेर राम्रो तयारी गरेको छ । त्यसैले पनि भारतलाई हराउनु नेपालको लागि चुनौतीपूर्ण छ ।

एसिया कप अघि भारतमा भएको क्वाड्राङ्गुलर एक दिवसीय सिरिजमा नेपाल भारतको ए र बी दुवै टिमसाग पराजित भएको थियो। अफगानिस्तान विरुद्ध भने एक खेल जित हात पारेको नेपाल तेस्रो स्थानको लागि भएको खेलमा पराजित भएको थियो । नेपालले भारतको लखनउमा भएको उक्त सिरिजमा ४ खेल खेलेको थियो । एसिया कपको तयारीको रुपमा रहेको उक्त प्रतियोगितामा नेपालले आफूलाई केही हदसम्म बुझ्ने मौका पाएको थियो ।

भारतमा खेलेको उक्त टोलीमा चार परिवर्तन गर्दै नेपालको एसिया कप खेल्ने टोली तयार पारिएको छ । जसमा राष्ट्रिय टोलीमा खेलिसकेका रोहित कुमार पौडेल समेत छन् । यस्तै रविन्द्र जंग शाही र नन्दन यादवलाई पनि टिममा पुनरागमन गराइँदा सूर्य तामाङ पहिलो पटक यू-१९ टिममा परेका छन् । यस्तै नेपालको कोचिङ स्टाफमा पूर्व राष्ट्रिय खेलाडीहरुको मिश्रण रहेको छ । राष्ट्रिय टवलीको पूर्व कप्तान विनोद दास यू-१९ को मुख्य प्रशिक्षकमा छन् भने पूर्व राष्ट्रिय खेलाडी मनो कटवाल सहायक प्रशिक्षक छन् ।

केही समयअघि मात्र राष्ट्रिय टिमबाट विदेशमा नखेल्ने भनेर सन्यासको घोषणा गरेका भेट्रान स्पिनर शक्ति गौचन युवा टिमको व्यवस्थापकको भूमिकामा छन् । शक्तिको अनुभव र व्यवस्थापकिय क्षमता युवा टिमको लागि राम्रो प्रेरणा हुन सक्छ ।

नेपालको खेल तालिका

नेपाल भर्सेस भारत : सेप्टेम्बर २९

नेपाल भर्सेस अफगानिस्तान : अक्टोबर १

नेपाल भर्सेस युएई : अक्टोबर

तपाईको प्रतिक्रिया