Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौं –  इङ्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एभर्टनलाई २–० ले हराएको छ ।

गएराति आफ्नै मैदानमा भएको खेलमा आर्सनललाई विजयी गराउन अलेक्जेडर लाकाजेट र पिएरे एमरिक औबामायङ्गले एक–एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरी भए पनि दोस्रो हाफको ५६ औं र ५९ औं मिनेटमा दुई गोल गर्दै आर्सनलले जित पक्का गरेको हो ।

प्रिमियर लिगअन्तर्गत गएराति भएको अर्को खेलमा चेल्सीलाई वेष्ट ह्याम युनाईटेडले गोलरहित बराबरीमा रोकेको छ । यो बराबरीसँगै चेल्सीको सिजनमा शतप्रतिशत विजयी यात्रा टुंगिएको छ ।

गएरातिका खेलहरुपछि प्रिमियर लिग फुटबलको अंक तालिकामा ६ खेलबाट १८ अंक जोडेको लिभरपुल शीर्ष स्थानमा रहेको छ । समान खेलबाट १६ अंक जोडेको म्यान्चेस्टर सिटी दोस्रो स्थानमा छ भने १६ अंक नै जोडे पनि गोलअन्तरका आधारमा चेल्सी तेस्रो स्थानमा झरेको छ । चौथो स्थानको वाट्फोर्डको १३ अंक छ ।

तपाईको प्रतिक्रिया