Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौ –  नेपालले यही असोज १६ गतेदेखि बंगलादेशमा हुने बंगबन्धु गोल्डकप फुटबल प्रतियोगिता खेल्ने पक्का भएको छ ।

बंगबन्धु गोल्डकप फुटबलको अघिल्लो संस्करण जितेबापतको बाँकी पुरस्कार रकम एन्फाले प्राप्त गरेसँगै प्रतियोगिता खेल्ने निश्चित भएको हो । यसअघि पुरस्कारबापतको २५ हजार डलर पाउन बाँकी रहेको भन्दै एन्फाले यो संस्करणमा नेपाललाई सहभागी नगराउने निर्णय गरेको थियो ।

अघिल्लो वर्ष उपाधि जितेपछि नेपालले कुल ५० हजार डलर पुरस्कारमध्ये २५ हजार डलर पाएको थियो । बाँकी २५ हजार डलर हालै आफ्नो खातामा आएको एन्फाले जनाएको छ ।

बंगबन्धु गोल्डकप फुटबलको चौथो संस्करण जितेको नेपालले अब पाँचौ संस्करणका लागि प्रतिस्पर्धा गर्नेछ । यो संस्करणमा नेपाल रहेको समूह ए मा ताजकिस्तान र प्यालेस्टाईन छन् । यसैगरी समूह बी मा आयोजक बंगलादेश, लाओस र फिलिपिन्स छन् । दुई समूहको विजेता र उपविजेताले सेमिफाइनलमा स्थान बनाउने छन् ।

यसैबीच बंगबन्धु गोल्डकप खेल्ने भएसँगै नेपालको ए डिभिजन लिग फुटबलका खेल प्रभावित हुने भएका छन् । ए डिभिजन लिग यही असोज १३ गते सुरु हुँदैछ । तर १६ गतेदेखि बंगबन्धु गोल्डकप हुने भएपछि लिगका खेलहरु प्रभावित हुने भएका हुन् ।

तपाईको प्रतिक्रिया