Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौं – नेपाल राष्ट्र बैंकले दशैका लागि नयाँ नोट आगामी १२ गतेदेखि बैंकहरुलाई वितरण गर्ने भएको छ । नयाँ नोट वितरणको काम विगतको भन्दा सहज बनाउन आगामी १२ गतेदेखिनै बैंकहरुलाई वितरण गर्न लागेको राष्ट्र बैंकले जनाएको छ ।

आगामी ११ वा १२ गतेदेखि बैंकहरुलाई नयाँ नोट वितरण गर्ने तयारी गरिएको राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले बताउनुभयाे । सर्वसाधारणलाई भने कहिलेदेखि नयाँ नोट वितरण गर्ने भन्ने विषयमा निर्णय भइनसकेको प्रवक्ता पौडेलकाे भनाइ छ ।

तपाईको प्रतिक्रिया