Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौं – एएफसी यू-१६ वुमन्स च्याम्पियनसिप क्वालिफायर अन्तर्गत भएको समूह इ को अन्तिम खेलमा घरेलु टोली नेपाल र मलेसियाले बराबरी खेलेका छन् ।

सशस्त्र प्रहरी बलको मैदान हलचोकमा भएको खेल नेपाल र मलेसियाले ४-४ को बराबरी खेल्दै पहिलो अंक जोडेका हुन् । यसअघि नै समूह चरणबाट बाहिरिसकेको दुवैले समान १ अंक जोड्दै प्रतियोगिता टुङ्गाए ।

दुुवैले यसअघि म्यानमार र फिलिपिन्ससँग हार बेहोरेका थिए । यस समूहबाट म्यानमार सबै ३ खेल जित्दै दोस्रो चरणमा प्रवेश गरेको छ । आजै भएको पहिलो खेलमा म्यानमारले फिलिपिन्सलाई ५-१ ले हराएको थियो ।

तपाईको प्रतिक्रिया