Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडाैं – सरकारले महिला उद्यमशिलता प्रबद्र्धनको लागि सहुलियत ऋण दिने भएको छ । यो वर्षको बजेटमा महिला उद्यमशिलता प्रबद्र्धन कार्यक्रममा आएको सहुलियत ऋण कार्यक्रम आजदेखि लागू भएको हो ।

अर्थ मन्त्रालयले आजदेखि लागू हुनेगरी ल्याएको सहुलियतपुर्ण कर्जाका लागि एकिकृत ब्याज अनुदान कार्यविधिले महिला उद्यमीलाई दिइने ऋण, धितो र ब्याज अनुदानको व्यवस्था गरेको छ । कार्यविधिअनुसार १८ वर्ष पुरा भएको महिलाले व्यक्तीगत वा सामूहिकरुपमा व्यवसाय गर्न चाहेमा १५ लाख रुपैयाँसम्म परियोजना धितोमा राखेर ऋण पाउने छन् ।

त्यसरी पाइने ऋणको ब्याजमा ६ प्रतिशत सरकारले तिरिदिने छ भने बाँकी ऋणी आफैले तिर्नुपर्ने छ । यसरी ऋण लिनकाे लागि दर्ता भएकाे परियाेजनाकाे विवरण, स्थायी लेखा नम्बर, संचालकहरुकाे विवरणसहितकाे कागजपत्र पेश गर्नुपर्छ । बैंक तथा वित्तीय संस्थामा ऋणकाे  लागि अावेदन दिएपछि २१ दिनभित्र ऋण स्वीकृत हुनुपर्छ । यदि नभएमा कारणसहित अावेदकलाइ बैंकले जानकारी गराउनुपर्ने व्यवस्था रहेकाे छ ।

तपाईको प्रतिक्रिया