Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडाैं – जापानमा सम्पन्न पान प्यासिफिक टेनिसको उपाधि चौथो वरियताकी क्यारेलियन प्लिस्कोभाले जितेकी छिन् । तेस्रो वरियताकी घरेलु खेलाडी नाओमी ओशाकालाई २-० को सोझो सेटमा हराउँदै चेक गणतन्त्रकी प्लिस्कोभाले उपाधि जितेकी हुन् ।

टोकियोमा भएको फाइनलमा घरेलु खेलाडी ओशाकालाई हराउँदै प्लिस्कोभाले करियरको ११औं तथा यो वर्षको दोस्रो उपाधि उचालेकी हुन् । प्लिस्कोभाले ६-४ र ६-४ को सोझो सेटमा हराउँदै ओशाकाको १० खेलको अपराजित यात्रामा पूर्ण विराम लगाउन सफल भइन् । यसै वर्ष उनले जर्मनीमा भएको स्टुटगार्ट ओपनको उपाधि पनि जितेकी थिइन् ।

तपाईको प्रतिक्रिया