Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौँ – नेपाल म्यानमारसँग ११-१ गोलअन्तरले पराजित भएसँगै एएफसी यु-१६ महिला च्याम्पियनसिपको छनोटबाटै बाहिरिएको छ । हलचोकस्थित एपीएफको खेल मैदानमा शुक्रबार साँझ सम्पन्न खेलमा म्यानमारसँग पराजित भएसँगै नेपालको छनोट हुने सम्भवना सकिएको हो ।

नेपालले पहिलो हाफमा एकपछि अर्को खराब प्रदर्शन गर्दै १० गोल खाएको थियो । नेपालले म्यानमारविरुद्ध कुनै उत्कृष्ट प्रदर्शन गर्न सकेन । खेलको चौथो मिनेटमा नै नेपालले गोल खान पुगेको थियो । पाचौ मिनेटमा अर्को गोल खाएको नेपालले छैटौ मिनेटमा तेस्रो गोल खान पुगेको थियो । नेपाली खेलाडीमाथि हावी भएका म्यानमारका खेलाडीले एकपछि अर्को आक्रमक खेल खेल्दै गोलको वर्षा नै गर्‍यो । म्यानमारले खेलको १० औं, १७ औं र २० औं मिनेटमा गोल गर्दै ६-० गोलको अग्रता बनाएको थियो । खेलको २८औं, २९ औं, ३२ औं र ३७ औं मिनेटमा नेपालले गोल खादै १०-० गोलको भारी अन्तरले पछि परेको थियो ।

पहिलो हाफमै १०-० गोलले पछि परेको नेपालले दोस्रो हाफ भने १ गोल खादा १ गोल फर्काउन सफल भएको थियो । खेलको ६३ औं मिनेटमा म्यानमारले अर्को गोल गर्दै ११-० को अग्रता बनाएको थियो । नेपालको लागि निकिता ठोकरले गोल गर्दै ११-१ गोलको स्थितिमा पुर्‍याएकी थिइन् । यसअघि यअसघि बुधबार भएको खेलमा नेपाल फिलिपिन्ससँग ४-० गोलअन्तरले पराजित भएको थियो । शुक्रबार भएको अर्को खेलमा फिलिपिन्सले मलेसियालाई १-० गोलअन्तरले पराजित गरेको छ ।

नेपाल र मलेसिया दुबै टिम एक खेल खेल्नुअघि नै एएफसी यु-१६ महिला च्याम्पियनसिपको छनोटबाट बाहिरिएका छन् भने म्यानमार र फिलिपिन्स आगामी वर्ष थाइल्यान्डमा हुने एएफसी यु-१६ महिला च्याम्पियनसिपमा छनोट भएका छन् । असोज ७ गते नेपालले अन्तिम खेलमा मलेसियासँग प्रतिस्पर्धा गर्दैछ ।

तपाईको प्रतिक्रिया