Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौं  –  इङ्लिस प्रिमियर लिग फुटबलमा वेष्टह्याम युनाईटेड र वुल्भरह्याम्पटन वान्डरर्स विजयी भएका छन् । गएराति भएको खेलमा लण्डन क्लव वेष्टह्यामले एभर्टनलाई ३-१ ले हरायो ।

लिगमा लगातार चार खेलमा पराजित हुँदै दबाबमा आएको वेष्ट ह्यामले पाँचौं खेलमा आएर लय समातेको हो । गएरातीको खेलमा वेष्ट ह्यामलाई विजयी गराउन युक्रेनका खेलाडी यार्मोलेङ्कोले दुई गोल गर्दा मार्को अर्नाउटोभिचले एक गोल थपे ।

पराजित टोली एभर्टनका लागि जिल्फी सिगुर्डसनले एक गोल फर्काए । प्रिमियर लिग फुटबलकै अर्को खेलमा वुल्भरह्याम्पटन वान्डरर्सले बर्न्लेलाई १–० ले हराएको छ ।

खेलका वुल्भरह्याप्टनलाई विजयी गराउन राउल जिमिनेजले निर्णायक गोल गरे ।

तपाईको प्रतिक्रिया