Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडाैं – करिब ५ वर्षपछि शहीद स्मारक ए डिभिजन लिग हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुने यस प्रतियोगितामा विजेता टिमले ५० लाख रुपैयाँ नगदसहित ट्रफी उचाल्ने छ ।

प्रतियोगितामा दोस्रो हुने टिमले ३५ लाख रुपैयाँ पाउने एन्फाद्वारा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । तेस्रो हुने टिमले २५ लाख रुपैयाँ हात पार्नेछ । चौथोलाई १५, पाचौलाई ७ र छैटौ हुनेले ५ लाख रुपैयाँ पाउनेछ । प्रतियोगितामा ए डिभिजनमा रहेका १४ वटा क्लबले भाग लिनेछन्। एन्फाले हरेक टिमलाई २०/२० लाख रुपैयाँ उपलब्ध गराउनेछ ।

दशरथ रंगशाला पुनर्निर्माण भइरहेकाले लिगका खेलहरु एन्फा कम्प्लेक्स सात दोवाटो र सशस्त्र प्रहरीको हलचोक मैदानमा हुनेछ । असोज १३ गतेबाट सुरु हुने प्रतियोगिता जित्ने टिमले सन् २०१९ मा हुने एएफसी एसियन कपमा सहभागी हुन पाउनेछ । प्रतियोगिताका प्रत्येक म्याचमा जित हासिल गर्ने टिमले ५० हजार रुपैयाँ पुरस्कार पाउने व्यवस्था गरिएको छ ।

साथै हरेक प्रतियोगितमा म्यान अफ दी म्याच घोषणा गरिने छ जसलाई १० हजार रुपैयाँले प्रोत्साहित गरिनेछ । प्रतियोगितमा फेयर प्ले टिमले १० लाख रुपैयाँ पाउनेछ ।

तपाईको प्रतिक्रिया