Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडाैं –  भारतीय एनसीए यू-१९ टोलीले  नेपाली यु-१९ क्रिकेट टीमले ४१ रनले पराजित गरेको छ । नेपालले टस जितेर बलिङ गरेको नेपालले १६२ रनको लक्ष्य पच्छ्याएकोमा ४१ ओभर मै अलआउट भएर पराजित भएको हो ।

४१ ओभरसम्म नेपालले १२१ रन मात्रै बनाउन सक्यो । नेपालका तर्फबाट भीम सार्कीले ३०, कमलसिंह ऐरीले २२ र कप्तान आरिफ शेखले १७ रन बनाए पनि अन्य खेलाडीले दोहोर अंक जोड्न नसकेपछि नेपाल पराजित भएको हो ।  नेपाललाई पराजित गर्ने क्रममा भारतका दुई खेलाडीले ३/३ विकेट लिन सफल भए । आशिफ शेखको कप्तानीमा रहेको नेपाली टोलीले अहिले भारतको यू-१९ बीसँग खेलिरहेको छ ।

चार\चार टिम सहभागी हुने खेलमा सबैले एकअर्काविरुद्ध खेल्नेछन् । भारतको यू-१९ ए र बी टिमसहित नेपाल र अफगानिस्तानमा यू-१९ टिम सहभागी छन् ।  दोस्रो खेल शुक्रबार भारतको यु-१९ ए टोलीसँग खेल्ने छ भने असोज ३१ गते अफगानिस्तान यू-१९ टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।

विनोद दासको प्रशिक्षणमा रहेको टोलीमा कप्तान मोहमद आसिफ शेख, ट्रिटराज दास, रवि शाह, लोकेश बम, रित गौतम, रसिद खान, भीम सार्की, कमल सिंह ऐरी, सन्दीप जोरा छन् । त्यस्तै पवन सराफ, किशोर महतो, सागर ढकाल, अरुण ऐरी र मोहमद सम्सद आलम पनि टिममा छन् ।

तपाईको प्रतिक्रिया