Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडाैं – साफ च्याम्पियनसिप २०१८ को सेमिफाइनलमा नेपाल र माल्दिभ्सबीच खेल भइरहेको छ । अाज अपरान्ह नेापली समयअनुसार ३ बजेर ४५ मिनेटमा ढाकाको बंगबन्धु रंगशालमा खेल सुरु भएको हो ।

नेपालले फुटबलमा सेमिफाइनल खेल्न लागेको यो चौथोपटक हो । सार्क गोल्डकपसहित यो पाँचौं सेमिफाइनल हुनेछ । तर अहिलेसम्म नेपाल फाइनलमा पुग्न सकेको छैन । नेपाल र माल्दिभ्स फुटबलको मैदानमा पुराना प्रतिद्वन्द्वी हुन् । सन् १९८४ मा भएको पहिलो खेल यता नेपाल र माल्दिभ्सबीच अहिलेसम्म १५ खेल भएको छ ।

जसमा नेपाल ४ खेलमा विजयी रहेको छ । यस्तै ४ खेलमा बराबरी गरेको छ भने ७ खेलमा पराजित भएको छ । साफ च्याम्पियनसिपको इतिहासमा भने नेपालले माल्दिभ्सलाई हराउन सकेको छैन । साफ च्याम्पियनसिप प्रतियोगिताको ६ खेलमध्ये नेपालले २ बराबरी र ४ खेलमा हार व्यहोरेको छ ।

तपाईको प्रतिक्रिया