Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडाैं – विश्वकप फुटबलपछि क्लब प्रतिस्पर्धामा फर्किएका खेलाडी अहिले फेरि राष्ट्रिय टिमको जिम्मेवारीमा छन् । कोलम्बिया र अर्जेन्टिनाले गएको जुलाईमा रुसमा सम्पन्न विश्वकप फुटबलमा त्यति राम्रो नतिजा निकाल्न सकेनन् ।

यी दुई टोलीबिच विश्वकपमा भेट त भएन तर मैत्रीपूर्ण खेलमा नेपाली समय अनुसार बुधबार बिहान भेट भएको छ । अमेरिकाको न्युजर्सीमा भएको मैत्रीपूर्ण खेलमा कोलम्बिया र अर्जेन्टिनाले गोलरहित बराबरी खेलेका छन् । स्टार स्ट्राइकर लियोनल मेस्सी अहिले राष्ट्रिय टिमबाट बिदामा रहेकाले अर्जेन्टिना उनी बिना मैदानमा उत्रिएको थियो । फुटबलका दुई बलिया दक्षिण अमेरिकी टोलीले अमेरिकी भूमिका गोल गर्न सेनन् ।

अर्जेन्टिनाले कोलम्बियासँगको खेलमा पछिल्लो ११ वर्षदेखि पराजित भएको छैन । पछिल्लो पटक कोलम्बियाले अर्जेन्टिनालाई सन् २००७ मा रहाएको थियो ।

तपाईको प्रतिक्रिया