Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

न्यूयोर्क –  अमेरिकी खेलाडी सेरेना विलियम्स युएस ओपन टेनिसको फाइनलमा प्रवेश गरेकी छन् । अमेरिकाको न्यूयोर्कमा आज बिहान सकिएको सेमिफाइनल खेलमा लात्भियाकी अनास्तासिया सेभास्तोभालाई हराउँदै सेरेना नवौं पटक युएस ओपनको फाइनलमा पुगेकी हुन् ।

सेभास्तोभा विरुद्धको खेल सेरेनाले ६–३ र ६–० को सोझो सेटमा जितिन् । २३ पटक ग्राण्ड स्लाम टेनिसको उपाधि जितिसकेकी सेरेना आमा बनेपछि पहिलो उपाधिको खोजीमा छिन् । २४ औं ग्राण्ड स्लाम जितेको खण्डमा सेरेनाले सर्वाधिक उपाधि जित्ने अष्ट्रेलियन टेनिस हस्ती मार्गरेट कोर्टको कीर्तिमान बराबरी गर्नेछिन् ।

तपाईको प्रतिक्रिया