Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौं –  साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले आज भुटानसँग खेल्दैछ । बंगलादेशमा जारी प्रतियोगिताको सेमिफाइनलमा प्रवेशका लागि नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ ।

खेल नेपाली समयअनुसार दिउँसो पौने ४ वजे ढाकाको बंगबन्धु रंगशालामा हुनेछ । नेपाली फुटबल टोली अहिलेसम्म साफ च्याम्पियनसिपको फाइनलमा पुग्न सकेको छैन । यसअघिका प्रतियोगितामा नेपाल चार पटक सेमिफाइनलमा पुगेको छ ।

मंगलबार सुरु भएको जारी संस्करणको पहिलो खेलमा नेपाल पाकिस्तानसँग २–१ ले पराजित भएको थियो । प्रतियोगितामा आयोजक बंगलादेशसहित भुटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलंका गरी सात राष्ट्रको सहभागिता रहेको छ ।

नेपालसहित बंगलादेश, पाकिस्तान र भुटान समूह ‘ए’मा छन् । त्यस्तै भारत, माल्दिभ्स र श्रीलंका समूह ‘बी’ मा छन् ।

तपाईको प्रतिक्रिया